काठमाडौं

रुसमा जारी विश्वकप ०१८ अन्तर्गत आज क्वाटर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । "/>

इंग्ल्याण्डका लागि स्विडेन र रुसका लागि क्रोएसिया : चुनौतीपूर्ण यात्रामा

इंग्ल्याण्डका लागि स्विडेन र रुसका लागि क्रोएसिया : चुनौतीपूर्ण यात्रामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

रुसमा जारी विश्वकप ०१८ अन्तर्गत आज क्वाटर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । साँझ पौने ८ बजे इंग्ल्याण्ड विरुद्ध स्विडेन र राति पौने १२ बजे रुस विरुद्ध क्रोएसिया भिड्दैछन् । इंग्ल्याण्डका लागि स्विडेन तगारो बन्ला ? आयोजक रुसले क्रोएसियालाई घर पठाउला ? खेल पूर्वको धेरैले यस्तै अनुमान गरिरहेका छन् । तर नतिजाका लागि भने खेल सम्म कुर्नै पर्छ ।

सन् १९९४ पछि पहिलो पटक सेमिफाइनमा स्थान बनाउने लक्ष्यका साथ शनिबारको खेलमा इंग्ल्याण्ड विरुद्ध मैदानमा उत्रदा स्विडेन आफ्नो बलियो रक्षापंक्तिलाई पहिलो हतियार बनाउने तयारीमा रहेको छ । स्विडेनका लागि इंग्ल्याण्डलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्नु सहज भने पक्कै छैन । तर बलियो रक्षापंक्ति र समूह चरणमा गरेको उत्कृष्ट प्रदर्शनले टोलीलाई उर्जा थपेको छ । उसो त स्विडेनले इंग्ल्याण्ड विरुद्धको खेलमा सधै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । इंग्ल्याण्डसँगका पछिल्ला आठ खेलमा स्विडेनले केवल एक खेलमा मात्रै पराजय व्यहोरेको छ । फुटबलको इतिहासमा यी दुई टोली २३ पटक भिडेका छन् जसमा दुवै टोलीले समान ७÷७ खेल जितेका छन् भने ९ खेल बराबरीमा टुङ्गिएका छन् ।

यता विश्वकपको इतिहासलाई फर्केर हेर्ने हो भने अधिकांश आयोजक राष्ट्रहरु माथी सम्म पुगेका छन् भने धेरैले विश्वकपको उपाधी नै उचालेका छन् । यसपटक यस्तै सफलता खोज्दै अगाडी बढेको टोली हो रुस । फिफा विश्व वरियतामा १० औं स्थानमा रहेको स्पेनलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको रुसले समुह चरणमा समेत उत्कृष्ट प्रदर्शन गर्दै अगाडी बढेको थियो ।

शनिबारकोे खेलमा आयोजक रुसलाई इतिहास रच्ने मौका समेत रहेको छ । क्रोएसियालाई पराजित गरेको खण्डमा रुस पहिलो पटक विश्वकपको सेमिफाइनल यात्रा तय गर्ने छ । आयोजक विरुद्धको खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गर्न क्रोयसियालाई सहज भने पक्कै हुनेछैन । रुसलाई घरेलु मैदान र दर्शकको साथ रहनेछ । यस्तो अवस्थामा क्रोएसियाले सम्हालिएको प्रदर्शन गर्नुपर्ने हुन्छ । इतिहासले जे जस्तो भने पनि यस अघिका अधिकांश खेलहरुका नतिजा अप्रत्यासित रुपमा आएकाले आजका खेलहरुमा कस्तो नतिजा आउला त्यो अहिले यसै भन्न सकिने अवस्था भने छैन ।
नागरिकबाट

Logo