काठमाडौं

विश्वकप फुटबल अन्र्तगत आजको क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्स २ / ० अन्तरले विजयी भएको छ । "/>

फ्रान्स – उरुग्वे : फ्रान्स २ / ० ले विजयी हुँदै सेमिफाइनलमा

फ्रान्स – उरुग्वे : फ्रान्स २ / ० ले विजयी हुँदै सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबल अन्र्तगत आजको क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्स २ / ० अन्तरले विजयी भएको छ । यस सँगै फ्रान्स सेमिफाइनलमा प्रवेस गरेको छ भने उरुग्वेको यात्रा अन्तिम ८ मै सिमित भएको छ । खेलको पहिलो हाफ सकिनै लाग्दा फ्रान्सले एक गोलको अग्रता बनाएको थियो । खेलको ४० औं मिनेटमा फ्रान्सका तर्फबाट राफेल भरानले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए । त्यस्तै खेलको ६२ औं मिनेटमा फ्रान्स २ / ० ले अघि लागे पछि कुनै गोल हुन सकेन ।

खेलको पहिलो दश मिनेटमा उरुग्वेले शुरुवाती दवाब कायम गरेपनि त्यसलाइ खेल अवधिभरि जारी राख्न सकेको थिएन । खेलको ४०औं मिनेटमा राफेल भरानले एन्टोइन ग्रिजमानको फ्रिकिकको सदुपयोग गर्दै गोल गरेका थिए ।

पहिलो हाफमा गोलको अवसर सिर्जना गरेका ग्रिजमानले दोस्रो हाफमा चालिस यार्ड टाढाबाट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । फ्रान्सका लागि यसअघिका खेलमा फर्ममा देखिएका युवा फरवार्ड कायलिन एमबाप्पले आज आफ्नो जादू देखाउन सकेनन् । चोटका कारण मैदानमा उत्रन नसकेका उरुग्वेका स्टार फरवार्ड एडिन्सन काभानीको कमी आज दक्षिण अमेरिकी टोलीलाइ खट्केको थियो । जारी प्रतियोगितामा अब दक्षिण अमेरिकाबाट ब्राजिल मात्र बाकी रहेको छ ।

क्वार्टरफाइनलको पहिलो खेलमा दुई पूर्वविजेता फ्रान्स र उरुग्वे आमनेसामने भएका हुन् । उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो । आजै राती ब्राजिल र बेल्जियम वीच अर्को खेल हुनेछ ।

Logo