ईतिहास बनाउने दाउमा बेल्जियम

ईतिहास बनाउने दाउमा बेल्जियम

केन्द्रबिन्दु
0
Shares

सधै बिश्वकपको दावेदारको रुपमा रहेको ब्राजिल आज क्वाटरफाइनलको खेल खेल्न उदयमान् टिमको रुपमा रहेको बेल्जियम बिरुद्ध उत्रने छ । नेपाली समय अनुसार पौने १२ बजे हुने यो खेलमा दुबै पक्ष कुनै पनि रुपमा सफलता हात पर्ने होडमा रहेका छन् ।

आज हुने खेलमा ब्राजिललाई कासेमिरोको अभाव खट्किने देखिएको छ । पहेलो कार्ड पाएको कारण कासेमिरो मैदानमा नहुदाँ ब्राजिलले आफ्नो रक्षापंक्तिमा ठुलै अभावको महसुस गर्ने देखिन्छ । किनकी कासेमिरो अहिले ब्राजिलियन टिमको दोस्रो महत्वपूर्ण खेलाडीको रुपमा रहेका छन् । यो बाहेक कासेमिरो काउन्टर एट्याकका लागि पनि राम्रा खेलाडी मानिन्थे ।

समूह चरणको खेलमा क्रोएशियाबिरुद्ध गोल गरेर फुटबलमा आफ्नो ख्यातीलाई पुनरागमन गरेका नेयमरले ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोलाई २–० गोलले पराजित गर्ने क्रममा १ गोल गरेका थिए । ब्राजिलियन फुटबलको जादू छर्न रसिया आएका नेयमरले खेलमा जसरी पुररागमन गरे, खेलमा बढी भन्दा बढी पटक अस्वभाविक रुपमा लड्ने गरेको कारण उनको आलोचना पनि त्यत्तिकै भएको छ । नेयमरका प्रशंसकहरु भने नेयमरले आफ्नो क्षमता अनुसार खेल देखाउननै पाएका छैनन् भनिरहेका छन् ।

बिश्वकप फुटबलको बिगतलाई हेर्ने हो भने ब्राजिलले क्वाटरफाइनल चरणमा आफुलाई ७ पटक प्रस्तुत गरिसकेको छ । पछिल्लो तिन प्रतियोगितालाई हेर्ने हो भने ब्राजिल यूरोपियन टिमवाट पराजित भएर घर फर्किनु परेको अवस्था पनि रहेको छ । ब्राजिल सन् २००६ मा फ्रान्सद्वारा, सन् २०१० मा नेदरल्याण्डद्वारा र सन् २०१४ मा जर्मनीद्वरा पराजित भएर घर फर्किएको थियो ।

ब्राजिलियन टिमलाई अज घर पठाउन बेल्जियमले आफ्नो एटेकिङ लाईनलाई बलियो बनाउने संकेत दिइसकेको छ । बेल्जियम टिमका मैनेजर रोबर्टो मार्टिनेज्ले रोमिलु लुकाकु, एडेन हाजर्ड, केभिन डि ब्रुयान र ड्रिस मार्टिनलाई एटेकिङ लाईनमा राख्ने बताएका छन् । यो एटेकिङ लाईनले बेल्जियमलाई सेमिफाइनलमा पुर्‍याउने विश्वास मार्टिनेज्ले राखेका छन् ।

बेल्जियम टिमका रोमिलु लुकाकु अहिले एटेकिङ लाइनमा भरपर्दा खेलाडीको रुपमा देखिएका छन् । उनले ३ खेलमा ४ गोल गरेका छन् भने उनी अहिलेसम्म बिश्वकपमा सर्वाधिक गोल गर्ने ईंग्ल्याण्डका ह्यारी केन भन्दा पछाडी रहेका छन् । गोलमा उनीसंगनै बराबरी गरेका पोर्चुगलका क्रिष्टियानो रोनाल्डो घर फर्किएको कारण सर्वाधिक गोल गर्ने खेलाडीहरुको होडमा लुकाकु पनि देखापरेका छन् ।

बेल्जियमले यसअघि ब्राजिलसंग ५ पटक विभिन्न प्रतिस्पर्धामा भाग लिएको छ । जसमा बेल्जियमले सन् १९६३ मा मात्र पराजित गरेको थियो भने पछिल्ला तिन खेलमा ब्राजिलले पराजित गरेको थियो । बिश्वकपमा भने ब्राजिल र बेल्जियमको प्रतिस्पर्धा सन् २००२ को बिश्वकपको प्रिक्वाटर फाइनलमा भएको थियो । यो खेलमा बेल्जियम ब्राजिलद्वारा २–० गोलले पराजित भएको थियो । यो वाहेक बेल्जियमले बिश्वकप फुटबल प्रतियोगितामा दक्षिण अमेरिकन प्रतिद्वन्दिसंग खेलेको ४ खेलमध्ये ३ खेलमा पराजित भएको थियो ।

Logo