काठमाडौं

विश्वकप ०१८ अन्तर्गत आज हुने दोस्रो क्वार्टरफाइनलमा ब्राजिल र बेल्जियमले प्रतिस्पर्धा गर्दैछन् । "/>

बेल्जियम : यसकारण ब्राजिलका लागि चुनौतीपूर्ण छ

बेल्जियम : यसकारण ब्राजिलका लागि चुनौतीपूर्ण छ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप ०१८ अन्तर्गत आज हुने दोस्रो क्वार्टरफाइनलमा ब्राजिल र बेल्जियमले प्रतिस्पर्धा गर्दैछन् । यसअघि सम्पन्न नकआउट चरणका खेलमा ब्राजिलले मेक्सिकोलाई २–० ले तथा बेल्जियमले जापानलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका थिए । यसअघिका खेलमा जिते पनि ब्राजिलका लागि बेल्जियम कडा चुनौतीपूर्ण टोली बन्न सक्ने संभावना छ ।

जारी विश्वकपमा अहिले सम्म खेलेका हरेक म्याचमा जितलाई निरन्तरता दिने २ मध्येको एक राष्ट्र हो बेल्जियम । बेल्जियम र उरुग्वेले निर्धारित ९० मिनेट भित्र जित हासिल गर्दै आइरहेका छन् । यता ब्राजिल पनि जारी प्रतियोगिताको ४ वटै खेलमा अपराजित नै छ ।

समूह चरणको पहिलो खेलमा मात्र ब्राजिल स्विजरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । बेल्जियम विरुद्धको खेलमा ब्राजिलका मार्सेलो, डेनिलो र कोस्टाले खेल्ने सम्भावना प्रबल छ। जस मध्ये मार्सेलोले खेल्ने प्रायः निश्चित नै छ। यस्तै डेनिलो र कोस्टालाई पनि इन्ज्युरीले नै सताएको थियो । यस्तै २ वटा पहेँलो कार्डका कारण कासेमिरोको स्थानमा फर्नान्डिन्होले सेन्ट्रल मिडफिल्ड सम्हाल्नेछन् ।

गत अगस्टमा अर्जेन्टिनासँग मैत्रीपूर्ण खेले यता ब्राजिल अपराजित रहेको छ । पछिल्ला ९ खेलमा स्विजरल्यान्ड विरुद्ध मात्र ब्राजिलले १ गोल बेहोरेको छ। सो गोलका कारण नै पछिल्ला ९ खेल मध्ये १ म्याच मात्र ब्राजिलले बराबरीमा चित्त बुझाउनु परेको थियो ।

यता बेल्जियम पनि सन् २०१६ को अगस्ट देखि अपराजित नै छ । त्यसक्रममा लगातार ६ खेल जित्ने क्रममा बेल्जियमले १९ गोल गरेको छ । विश्वकप वार्मअपमा इजिप्टलाई ३–० ले तथा कोस्टारिकालाई ४–१ ले हराएको बेल्जियमले जारी विश्वकपको पछिल्ला ४ खेलमा ९ गोल गरेको छ । जापानविरुद्धको खेलमा पनि ६८ मिनेटसम्म २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै बेल्जियमले जितको नतिजा निकालेको थियो । यसले पनि बेल्जियमको ब्राजिल माथि दबाब हुने सक्ने अन्दाज लगाउन सकिन्छ।

Logo