रक्षापंक्तिमा फ्रान्सलाई झुक्काउने दाउमा उरुग्वे

रक्षापंक्तिमा फ्रान्सलाई झुक्काउने दाउमा उरुग्वे

केन्द्रबिन्दु
0
Shares

आज शुक्रवार साँझवाट क्वाटरफाइनलका खेलहरु शुरु हुनेछन् । आज हुने पहिलो खेलमा फ्रान्स र उरुग्वेविच खेल हुनेछ ।

आज हुने उरुग्वे र फ्रान्सविचको खेल रोचक हुने देखिएको छ । यही बिश्वकपमा फ्रान्सले खेलेको खेललाई हेर्ने हो भने उसको आक्रमणको शैली बढ्दै गएको छ भने उरुग्वे आफ्नो बलियो रक्षात्मक पंक्तिको फाइदा उठाएर गोल गर्न चुकेको छैन । त्यसैले आज हुने खेलमा रक्षात्मक पंक्ति र आक्रमण शैलीको भरपुर प्रतिस्पर्धा हुने देखिएको छ ।

आज हुने खेलमा फ्रान्सले आफ्नो आक्रमक पंक्तिलाई तेजिलो बनाउन केलियन एमबाप्पे, ओलिभियर जिरुड र एन्टोइन ग्रिजमनलाई फ्रन्टलाईनमा राख्ने छ । समूह चरणको खेलमा पेरुलाई १–० ले पराजित गर्दा गोल गरेका एमबाप्पेले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्दा २ गोल गरेका थिए । यो सफलताले उनलाई यो बिश्वकपकै सर्वाधिक कान्छा गोलकर्ता खेलाडीको रुपमा प्रस्तुत गरेपनि आज उनको काँघमा अर्को ल्याटिन अमेरिकी राष्ट्रलाई पनि पराजित गर्नु पर्ने चुनौती रहेको छ ।

आफ्नो समूहका सबै खेल जितेर प्रिक्वाटर फाइनलमा प्रबेश गरेको उरुग्वेले रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २–१ गोलले पराजित गरेर सनसनी मच्चाएको थियो । रोनाल्डोलाई मैदानमा रोकेर पराजित गर्न सफल भएपछि उरुग्वेको रक्षात्मक पंक्ति सामान्य नरहेको प्रष्ट भएको थियो । उरुग्वेका डिफेण्डर जोसे जिमिनेज र डिएगो गोडिनले आज फ्रान्सका स्ट्राइकरलाई रोक्न भरमग्दुर प्रयास गर्नेछन् । उरुग्वेका मिडफिल्डर डिएगो लाक्साल्टले भने हामी फ्रान्सका खेलाडीहरुलाई समस्यामा राखेर गोल गर्ने अवसर नै दिने छैनौ । उरुग्वेले रक्षापंक्तिवाट फ्रान्सलाई गोल गर्ने अवसर दिन नसकेको अवस्थामा स्ट्राइकर लुईस स्वारेज र एडिसन कबानीको साझेदारीले सफलता पाउने आशा पनि राखेको छ ।

यो बिश्वकपमा हेर्ने हो भने फ्रान्सले आफ्नो समूहमा ७ अंक ल्याएर शिर्ष स्थान हात पारेको थियो । उसले प्रिक्वाटर फाइनलमा बिश्वकपको दाबेदार ठानिएको अर्जेन्टिनालाई ४–३ गोलले पराजित गरेर क्वाटर फाइनलमा स्थान बनाएको थियो । फ्रान्सले आज समेत सातौं पटक क्वाटरफाइनल खेल्न लागेको हो । यसअघिका क्वाटरफाइनलका खेलमा फ्रान्सले चारपटक सफलता हात पारेको थियो भने दुईपटक पराजित भएको थियो । यस्तै उरुग्वेले भने सन् १९५४ मा इंग्ल्यान्डलाई, सन् १९७० मा सोभियत संघलाई र सन् २०१० मा घानालाई पराजित गरेको थियो भने सन् १९९६ मा भने पश्चिम जर्मनीसँग पराजित भएको थियो ।

फ्रान्स र उरुग्वेविच अहिलेसम्म ८ पटक प्रतिस्पर्धा भएको छ । जसमा उरुग्वेले तिन पटक जितेको छ भने फ्रान्सले एक पटक मात्र भने तिन खेल बराबरीमा समाप्त भएको छ । बिश्वकपको फाइनल चरणमा भने उरुग्वेलाई फ्रान्सले पराजित गर्न सकेको छैन । सन् १९६६ को बिश्वकपमा २–१ गोलले पराजित भएको फ्रान्सले सन् २००२ र २०१० को प्रतिस्पर्धामा ०–० गोलमा खेल समाप्त गरेको थियो ।

Logo