काठमाडौं

रसिया विश्वकपमा एक पछि अर्को रेकर्ड बनिरहेका छन् । आयोजक रसियाले सोचे भन्दा पनि बढी फुटबल दर्शक र पयर्टक विश्वकप हेर्न आएको जनाएको छ । "/>

विश्वकप विशेष : रंगशाला बाहिर ५० लाख दर्शक

विश्वकप विशेष : रंगशाला बाहिर ५० लाख दर्शक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

रसिया विश्वकपमा एक पछि अर्को रेकर्ड बनिरहेका छन् । आयोजक रसियाले सोचे भन्दा पनि बढी फुटबल दर्शक र पयर्टक विश्वकप हेर्न आएको जनाएको छ ।

रंगशाला भित्र हेर्न नपाएका र टिकट लिन नपाएका दर्शकलाई आयोजकले बाहिर नै एक विशेष ठूलो टिभी स्क्रिनको व्यवस्था गरेको छ । रंगशाला बाहिर भए पनि दर्शकले मनोरञ्जन लिइरहेका छन् । यस किसिमको सुविधामा हेर्ने दर्शकलाई ‘फ्यान फेस्ट’ भनिन्छ ।

सन् २०१४ मा ब्राजिल विश्वकपमा भन्दा रसियाको फ्यान फेस्टमा फुटबल दर्शक बढेको आयोजकले जनाएको छ । यसपटक ५० लाख दर्शकले रंगशाला बाहिर बसेर नै फुटबलको मजा लिइरहेका छन् । ब्राजिलमा २९ लाख दर्शकले रंगशाला बाहिर ठूलो टिभ स्क्रिनमा फुटबल हेरेका थिए ।
नयाँ पत्रिकाबाट

Logo