काठमाडौं

विश्वकप फुटबल अन्तर्गत स्वीडेन र स्विजरल्याण्ड वीचको आजको पहिलो खेलमा स्वीडेन विजयी भएको छ । "/>

स्वीडेन र स्विजरल्याण्ड वीचको खेलमा स्वीडेन १ / ० ले विजयी

स्वीडेन र स्विजरल्याण्ड वीचको खेलमा स्वीडेन १ / ० ले विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबल अन्तर्गत स्वीडेन र स्विजरल्याण्ड वीचको आजको पहिलो खेलमा स्वीडेन विजयी भएको छ । जारी खेलमा स्वीडेनले खेलको ६६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । स्वीडेनका फोर्सबर्गले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

खेलको पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेका थिएनन् । दुबै टोलीले गोल गर्ने सुन्दर मौका पाए पनि सदुपयोग भएन । यससँगै स्वीडेन अन्तिम ८ मा प्रवेश गरेको छ ।

स्विडेन फिफा विश्वकपको २४ वर्षपछि क्वार्टरफाइनलमा पुगेको हो। सन् १९९४ मा अमेरिकामा भएको विश्वकप यता स्विडेन विश्वकप फुटबलको कुनै पनि संस्करणमा अन्तिम आठमा पुग्न सकेको छैन । सन् १९९४ मा स्विडेनले सेमिफाइनल खेल्दै तेस्रो स्थान हात पारेको थियो । सन् २००२ र २००६ मा प्रिक्वार्टरफाइनल बाटै बाहिरिएको स्विडेन सन् २०१० र २०१४ को विश्वकपमा भने छनोट भएको थिएन । 

Logo