मेस्सीका दुई फ्यानले गरे आत्महत्या

मेस्सीका दुई फ्यानले गरे आत्महत्या

केन्द्रबिन्दु
0
Shares

प्रिक्वाटर फाइनलमा फ्रान्सद्वारा अर्जेन्टिना पराजित भएपछि लियोनल मेस्सीको ‘सुपर फ्यान’ बताउने एक युवकले आत्महत्या गरेका छन् ।

भारतको पश्चिम बंगालका २० बर्षिय मोनोतोस हल्दरले गत शनिवार भएको खेलमा अर्जेन्टिना ४–३ गोलले पराजित भएपछि बिरक्तिएर आत्महत्या गरेका हुन् । उक्त खेलमा अर्जेन्टिना पराजित भएपछि खाना नखाएर सुत्न जान्छु भनेर मोनोतोस गएको उनका पिता मोंगोल हल्दरले बताए । भोलिपल्ट बिहान नउठेपछि हामीले उसको ढोका खोल्ने प्रयास गर्‍यौ । तर उसले ढोका नखोलेपछि प्रहरीलाई बोलाएर खोल्न लगाउदा उनलाई झुण्डिएको अवस्थामा फेला पारेका थियौं मोंगोलले बताए ।

बिश्वकप शुरु भएदेखिनै मोनोतोस टिभीमा टाँसिएरै बस्ने गरेको थियो । फ्रान्ससंग अर्जेन्टिना पाराजित भएपछि उसले यस्तो घटना निम्त्याउलान् भनेर आफुहरुले सोच्न पनि नसकेको पिता मोंगोलले बताए ।

अर्जेन्टिना यसअघि क्रोएशियासंग पराजित भएपछि केरलाका ३० बर्षिय डिनु एलेक्सले नदीमा हामफालेर आत्महत्या गरेका थिए । उनी हराएकोमा परिवारका सदस्यहरुले खोजी गर्दा उनले आत्महत्या गर्नु अगाडीको सुसाईड नोट फेला पारेका थिए । जसमा उनले मेस्सी पराजित भएको आफुले सहन नसकेकै कारण आत्महत्या गरेको लेखेका थिए ।

Logo