काठमाडौं । आज नेपाली समय अनुसार पौने ८ बजे स्विजरल्याण्ड र स्विडेनबीच र राती पौने १२ बजे कोलम्बिया र ईंग्ल्याण्डबीच खेल हुँदैछ । "/>

स्विजरल्याण्ड र स्विडेन, ईंग्ल्याण्ड र कोलम्बियाको विगत

स्विजरल्याण्ड र स्विडेन, ईंग्ल्याण्ड र कोलम्बियाको विगत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज नेपाली समय अनुसार पौने ८ बजे स्विजरल्याण्ड र स्विडेनबीच र राती पौने १२ बजे कोलम्बिया र ईंग्ल्याण्डबीच खेल हुँदैछ । प्रिक्वाटर फाइनलको यो अन्तिम खेलले क्वाटरफाइनलको नयाँ समिकरण स्पष्ट पार्नेछ । त्यसैले आज हुने दुबै खेल निकै नै महत्वपूर्ण रहेको फुटबल विश्लेषकहरुले बताएका छन् ।

स्विजरल्याण्ड विरुद्ध स्विडेनः
स्विजरल्याण्ड र स्विडेनबीच यसअघि २९ पटक प्रतिस्पर्धा भैसकेको छ । तर उनीहरुबीच विश्वकप र यूरो जस्ता महत्वपूर्ण प्रतियोगितामा अहिलेसम्म प्रतिस्पर्धा हुने मौका मिलेको छैन । त्यसैले आज हुने यो प्रतिस्पर्धाको सफलताले उनीहरुको फुटबल ईतिहासमा नयाँ अध्याय थप्ने देखिन्छ ।

पछिल्लो पटक भएका तिन खेलमा स्विडेनले स्विजरल्याण्डलाई एक खेलमा पराजित गरेको थियो भने दुई खेल बराबरीमा समाप्त पारेको थियो । उनीहरुबीच पछिल्लो पटक सन् २००२ मा भएको प्रतिस्पर्धामा खेल १–१ गोलको बराबरीमा समाप्त भएको थियो । स्विजरल्याण्डले भने स्विडेनलाई सन् १९९४ मा यूरो कपको छनोट चरणमा ४–२ गोलले पराजित गरेको थियो ।

स्विडेनले विश्वकपमा पाएको उच्च सफलता भनेको सन् १९५८ मा आफैंले आयोजना गरेको विश्वकप प्रतियोगितामा हो । यो विश्वकपमा स्विडेन ब्राजिलसँग फाइनलमा ५–२ ले पराजित भएर उपविजेतामा चित्त बुझाउनु परेको थियो । सन् १९९४ मा अमेरिकाले आयोजना गरेको विश्वकपमा स्विडेनले तेस्रो स्थान हात पारेको थियो । तेस्रो स्थानलाई भएको खेलमा स्विडेनले बुल्गेरियालाई ४–० गोलले पराजित गरेको थियो ।

सन् १९५४ को विश्वकप प्रतियोगिता आयोजना गरेको स्विजरल्याण्ड क्वाटरफाइनल भन्दा माथि जान सकेको छैन । पछिल्लो विश्कपमा स्विजरल्याण्ड प्रिक्वाटर फाइनलमा अर्जेन्टिनाद्धारा १–० गोलले पराजित भएर घर फर्किएको थियो ।

कोलम्बिया बिरुद्ध ईंग्ल्याण्डः
ईंग्ल्याण्डलाई कोलम्बियाले अहिलेसम्म पराजित गर्न सकेको छैन । ईंग्ल्याण्ड र कोलम्बियाबीच यसअघि भएको ५ खेलमा ३ खेलमा ईंग्ल्याण्ड विजयी भएको थियो भने २ खेल बराबरीमा समाप्त भएको छ । ईंग्ल्याण्ड र कोलम्बियाबीच पछिल्लो पटक सन् २००५ मा न्यूजर्सीमा प्रतिस्पर्धा भएको थियो । यो खेलमा ईंग्ल्याण्डका माइकल अवेनको ह्याट्रिकले गर्दा फाइनल स्कोर ३–२ मा समाप्त भए थियो ।

ईंग्ल्याण्डले कोलम्बियालाई विश्वकपमा एक पटक मात्र पराजित गरेको छ । सन् १९९८ को विश्वकपको समूह चरणमा ईंग्ल्याण्डका डारेन एण्डरटन र डेभिड बेकह्यामको १/१ गोलको मद्धतले कोलम्बिया २–० गोलले पराजित भएको थियो ।

कोलम्बियाले विश्वकपमा अहिलेसम्म सर्वाधिक लामो यात्रा भनेको क्वाटरफाइनलसम्मको हो । गत विश्वकपमा कोलम्बिया क्वाटरफाइनलमा ब्राजिलसँग २–१ गोलले पराजित भएर घर फर्किएको थियो ।

ईंग्ल्याण्डले सन् १९६६ को विश्वकप आयोजना गर्दा उपाधि जित्नु नै विश्वकपमा उसले पाएको सर्वाधिक ठुलो सफलता हो । यो बाहेक ईंग्ल्याण्डले सन् १९९० मा इटालीले आयोजना गरेको विश्वकपमा चौथो स्थानमा चित्त बुझाएको थियो ।

Logo