काठमाडौं

बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । रसियामा सोमबार भएको खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा गरेको तेस्रो गोलले बेल्जियम क्वार्टरफाइनल प्रवेश गरेको हो । "/>

विश्वकप विशेष : गएरातिका खेलहरुमा ब्राजिल र बेल्जियम विजयी

विश्वकप विशेष : गएरातिका खेलहरुमा ब्राजिल र बेल्जियम विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । रसियामा सोमबार भएको खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा गरेको तेस्रो गोलले बेल्जियम क्वार्टरफाइनल प्रवेश गरेको हो । बेल्जियमले सेमिफाइनल प्रवेशका लागि ब्राजिलसँग भिड्नेछ ।

दोस्रो हाफ सुरु भए लगत्तै जापानले पाँच मिनेटको अन्तरमा दुई गोल गर्दै अग्रता लिएको थियो । ४८ मिनेटमा जेन्की हारागुची र ५२ मिनेटमा ताकासी इनुईले गोल गरी जापानलाई अग्रता दिलाएका थिए । तर ६९ मिनेटमा जन भेर्टोनघेनले बेल्जियमलाई गोलरहित स्थितिबाट जोगाएका थिए । त्यसको ५ मिनेटमै मारौने फेलानीले गोल गरी २,२ को बराबरमा खेललाई लगेका थिए । ४ मिनेटको अतिरिक्त समयमा जापानले पाएको दुई कर्नर खेल गए लगत्तै बल पाएको बेल्जियमले मौकाको भरपुर सदुपयोग गर्‍यो । अतिरिक्त समयको अन्तिम मिनेटमा नासिर चाद्लीले गरेको गोल नै निर्णायक बन्यो । फेयर प्लेबाट सुपर सिक्टिनमा परेको जापान यो हारसँगै विश्वकपबाट बाहिरिएको छ ।

यता हिजो भएको पहिलो खेलमा ब्राजिल मेक्सिकोसँग २,० गोलअन्तरले विजयी भएको छ । ब्राजिलको जितमा नेयमार नै हिरो भएका थिए ।

Logo