बिश्वकपमा ब्राजिल र मेक्सिकोको विगत कस्तो छ

बिश्वकपमा ब्राजिल र मेक्सिकोको विगत कस्तो छ

केन्द्रबिन्दु
0
Shares

आज नेपाली समय अनुसार पौने ८ बजे प्रिक्वाटरफाइनलको अर्को प्रतिक्षित खेल ब्राजिलबिरुद्ध मेक्सिको बिच हुदैंछ । यो खेलमा कसले जित्छ भन्ने बिषयमा फुटबलका बिश्लेषकहरुको आ–आफ्नै बिश्लेषणहरु रहेका छन् ।

प्रिक्वाटर फाइनलका पछिल्ला केही खेलहरुलाई हेर्ने हो भने यो खेलमा पनि नयाँ किसिमको नतिजा आउने देखिन्छ । तर यो नै हुन्छ भन्ने पनि छैन भने ब्राजिलले जितलाई निरन्तरता दिन्छ भन्ने पनि छैन ।

त्यसैले बिश्वकपमा ब्राजिल र मेक्सिको विच पछिल्ला खेलहरुमा के के भए भन्ने कुरालाई हामीले प्रस्तुत गरेका छौं ।

– ब्राजिल र मेक्सिको विच अहिलेसम्म ४० वटा प्रतिस्पर्धाहरू भैसकेका छन् । जसमा ब्राजिलले २३ खेलमा जित हात पारेको छ भने ७ खेल बराबरीमा समाप्त भएको छ । १० खेलमा ब्राजिल मेक्सिकोसंग पराजित पनि भएको छ ।

– पछिल्लो पटक ब्राजिल र मेक्सिकोविच भएको ४ खेलमा मेक्सिकोले कुनै पनि खेल जित्न सकेको छैन । बिश्वकप अन्तर्गत भएका यि खेलहरुमा १ खेल बराबरीमा समाप्त भएको थियो भने बाँकी ३ खेलमा मेक्सिको पराजित भएको थियो ।

– आज हुने खेल ब्राजिल र मेक्सिको विच बिश्वकपमा भएको पाँचौ प्रतिस्पर्धा हो । यसअघि यो भन्दा बढी आमने सामने ब्राजिल र स्विडेन ७ पटक, अर्जेन्टिना र जर्मनी ७ पटक र जर्मनी र युगोस्लाभिया ६ पटक भएको थियो ।

– सन् १९९० को बिश्वकपमा ब्राजिल पहिलो पटक प्रिक्वाटरफाइनलवाट घर फर्किएको थियो । विश्वकपमा ब्राजिलले सधै आफुलाई क्वाटरफाइनलसम्म पुर्‍याएकै छ ।

Logo