काठमाडौं

क्रोएसियाका गोलरक्षक ड्यानिजेल सुबासिचले पेनाल्टी सुटआउटमा विपक्षी टोलीका तिन प्रहार बचाएपछि डेनमार्कको विश्वकप यात्रामा पूर्णविराम लागेको छ । "/>

विश्वकप विशेष : गएरातीका खेलहरुमा क्रोएसिया र रसिया विजयी

विश्वकप विशेष : गएरातीका खेलहरुमा क्रोएसिया र रसिया विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

क्रोएसियाका गोलरक्षक ड्यानिजेल सुबासिचले पेनाल्टी सुटआउटमा विपक्षी टोलीका तिन प्रहार बचाएपछि डेनमार्कको विश्वकप यात्रामा पूर्णविराम लागेको छ । आइतबार रुसको निज्नी नोभगोरोड रङ्गशालामा सम्पन्न खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३/२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल एक एकको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा डेनमार्कका क्रिस्टियन एरिक्सेन, लासे स्वन र निकोलाइ जर्गेनसेनको प्रहार क्रोएसियाका गोलरक्षक सुबासिचले बचाएका थिए भने सिमोन र माइकल क्रोन डेलीले गोल गरेका थिए । क्रोएसियाका मिलन बाडेल र जोसिप पिभारिचले क्रमशः पहिलो र चौथो पेनाल्टीमा गोल गर्न सकेनन् भने आन्द्रेज रेमारिच, लुका मोड्रिच र इभान रेकिटिच गोल गर्न सफल रहे ।

यसै विच हिजो नै भएको पहिलो खेलमा पनि पेनाल्टी सुटआउट नै निर्णयक बन्दै रसिया अन्तिम ८ मा प्रवेस गरेको छ । रसियाले स्पेनलाई ४/३ अन्तरले पराजित गरेको हो ।

Logo