रसिया र स्पेन वीचको खेल शुरु

रसिया र स्पेन वीचको खेल शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबल अन्तर्गत प्रिक्वाटरफाइनलमा अहिले आयोजक राष्ट्र रसिया र स्पेनबीच प्रतिस्पर्धा शुरु भएको छ ।

यस सँगै रसियालाई पहिलोपटक विश्वकपमा इतिहास रच्ने मौका मिल्न सक्ने सम्भावना छ । मस्कोस्थित लुजनिकी रंगशालामा सुरु खेलमा दुबै टिम जित हात पार्दै क्वाटरफाइनलमा पुग्ने होडमा रहेका छन् ।

तुलनात्मक रुपमा स्पेन रसिया भन्दा बलियो टिम हो । तर स्पेनलाई त्यति सजिलो पनि छैन । किनकी आफ्नै घरेलु मैदानमा रसियालाई लाखौं दर्शकहरुको पूरा सर्मथन छ । त्यहि आत्मविश्वासका साथ मैदानमा उत्रिएको रुस र स्पेनको खेलमा कसले बाजी मार्ला त्यो भने अबको केहि घण्टामै थाह हुनेछ ।

 

Logo