फिफा विश्वकपः अर्जेन्टिना विरुद्ध फ्रान्सको सानदार जित

फिफा विश्वकपः अर्जेन्टिना विरुद्ध फ्रान्सको सानदार जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । फिफा विश्वकप अन्तर्गत नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई पराजित गरेको छ । नेपाली समयअनुसार पौन ८ बजेबाट सुरु भएको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४—३ ले पराजित गरेको हो । सर्जियो अग्युरोले थपिएको समयमा टिमका लागि तेस्रो गोल फर्काएपनि जितका लागि पर्याप्त भएन् । अर्जेन्टिना २०१४ को विश्वकपको उपविजेता राष्ट्र हो । 

फ्रान्सको जितमा १३ औं मिनेटमा एन्टोनी ग्रिजमनले पेनाल्टी मार्फत गोल गरेका थिए । ४१ औं मिनेटमा एन्जेल डि सुन्दर मारियाले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा बराबरीमा पुर्याए । खेलको ४८ औं मिनेटमा ग्याब्रियल मर्काडोले गोल गर्दै अर्जेन्टिनालाई २—१ को अग्रता दिलाए ।

तर उनको अग्रता धेरै टिकेन फ्रन्सका बेन्जामिन पाभार्डले ५७ औं मिनेटमा गोल गर्दै खेल २—२ को बराबरीमा ल्याएका थिए । फ्रान्सको जितमा केलिन एमबाप्पे किर्तिमानी २ गोल गरेका थिए । उनले खेलको ६४ औं र ६८ औं मिनेटमा गोल गर्दै टिमको जित सुरक्षित गरे । एम्बाप्पेको उमेर १९ वर्ष १ सय ९३ दिन हो ।

विश्वकप उपाधिको दाबेदारका रुपमा रहेको अर्जेन्टिनाको प्रदर्शन समुह चरणमा नै निकै कमजोर रहेको थियो । फिाफ विश्वकपको वरीयतामा पाँचौ तथा फ्रान्स सातौँ स्थानमा छ । अर्जेन्टिना १९७८ र १९८६ मा र फ्रान्स १९९८ को विश्वकप विजेता राष्ट्र हो ।

यसअघि अर्जेन्टिनाले २ पटक विश्वकपमा फ्रान्सलाई परिाजित गरेको थियो । सन् १९३० को पहिलो विश्वकपमा १—० ले विजयी भएको ला अल्बिसेलेस्टेले १९७८ मा घरमै आयोजना भएको विश्वकपमा फ्रान्सलाई २—० ले पराजित गरेको थियो ।

आजको हरसँगै महान खेलाडी मेस्सीको देशलाई विश्वकप उपाधि दिलाउने सपना चकनाचुर भएको छ । सम्भवतः मेस्सी २०२२ को कतार विश्वकपमा खेल्ने छैनन् । आजै उरुग्वे र पोर्चुगलबीच अर्को रोचक भिडन्त हुनेछ ।

Logo