काठमाडौं ।

फिफा विश्वकप अन्तर्गत नकआउट चरणको पहिलो खेलको पहिलो हाफ १—१ को बराबरीमा सकिएको छ । "/>

अर्जेन्टिना भर्सेस फ्रान्सः पहिलो हाफ १—१ को बराबरीमा

अर्जेन्टिना भर्सेस फ्रान्सः पहिलो हाफ १—१ को बराबरीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

फिफा विश्वकप अन्तर्गत नकआउट चरणको पहिलो खेलको पहिलो हाफ १—१ को बराबरीमा सकिएको छ । फ्रान्सले खेलको १३ औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको भएपनि ४१ औं मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्काएको थियो । फ्रान्सका लागि एन्टोनी ग्रिजमनले पेनाल्टी मार्फत पहिलो गोल गरेका थिए । अर्जेन्टिनाका लागि भने डि मारियाले बराबरी गोल फर्काएका हुन् । जारी खेलमा अर्जेन्टिनाले ३ पहेलो कार्ड पाएको छ । 

समूह चरणमा फ्रान्स दुई खेलमा विजयी हुँदै अन्तिम १६ मा पुगेको हो । उसले एक खेल बराबरी खेलेको थियो। अर्जेन्टिना भने निकै संघर्षका बावजुद अन्तिम १६ मा पुगेको हो ।

विश्वकको दावेदारका रुपमा रहेका यी दुई टोलीको भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ । अर्जेन्टिना विश्व वरीयतामा पाँचौ तथा फ्रान्स सातौँ स्थानमा छ। अर्जेन्टिनाले १९७८ र १९८६ मा तथा फ्रान्सले १९९८ मा विश्वकप जितेको थियो।

यी दुईबीच अहिलेसम्म विश्वकपमा २ खेल मात्र भएका छन्। जसमा दुवैले खेल अर्जेन्टिनाले जितेको थियो। सन् १९३० को पहिलो विश्वकपमा १—० ले विजयी भएको ला अल्बिसेलेस्टेले १९७८ मा घरमै आयोजना भएको विश्वकपमा फ्रान्सलाई २—० ले पराजित गरेको थियो।

Logo