अर्जेन्टिना भर्सेस फ्रान्सः फ्रान्सले गर्यो अन्तिम १६ को पहिलो गोल

अर्जेन्टिना भर्सेस फ्रान्सः फ्रान्सले गर्यो अन्तिम १६ को पहिलो गोल

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप अन्तर्गत नकआउट चरणका खेलहरु सुरु भएका छन् । शनिबार पहिलो खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिना र एक पटकको विश्व विजेता फ्रान्स भिडिरहेका छन् ।

जारी भिडन्तमा अन्तिम १६ को पहिलो गोल भएको छ । खेलको मिनेटमा फ्रान्सले पहिलो गोल गरेको छ । खेलको १३ औं मिनेटमा फ्रान्सले पहिलो गोल गरेको हो । फ्रान्सका लागि एन्टोनी ग्रिजमनले पेनाल्टी मार्फत पहिलो गोल गरेका हुन् । 

समूह चरणमा फ्रान्स दुई खेलमा विजयी हुँदै अन्तिम १६ मा पुगेको हो । उसले एक खेल बराबरी खेलेको थियो। अर्जेन्टिना भने निकै संघर्षका बावजुद अन्तिम १६ मा पुगेको हो ।

विश्वकको दावेदारका रुपमा रहेका यी दुई टोलीको भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ । अर्जेन्टिना विश्व वरीयतामा पाँचौ तथा फ्रान्स सातौँ स्थानमा छ। अर्जेन्टिनाले १९७८ र १९८६ मा तथा फ्रान्सले १९९८ मा विश्वकप जितेको थियो।

यी दुईबीच अहिलेसम्म विश्वकपमा २ खेल मात्र भएका छन्। जसमा दुवैले खेल अर्जेन्टिनाले जितेको थियो। सन् १९३० को पहिलो विश्वकपमा १-० ले विजयी भएको ला अल्बिसेलेस्टेले १९७८ मा घरमै आयोजना भएको विश्वकपमा फ्रान्सलाई २—० ले पराजित गरेको थियो।

Logo