काठमाडौं

रसियामा जारी विश्वकप २०१८ को नकआउट चरण आज (शनिबार) देखि सुरु हुँदैछ । समूह चरणको नतिजाले फुुटबलप्रेमी चकित भएका छन् । "/>

रोमाञ्चक विश्वकप : समूह चरणमै भए १२२ गोल

रोमाञ्चक विश्वकप : समूह चरणमै भए १२२ गोल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

रसियामा जारी विश्वकप २०१८ को नकआउट चरण आज (शनिबार) देखि सुरु हुँदैछ । समूह चरणको नतिजाले फुुटबलप्रेमी चकित भएका छन् । जसले प्रतियोगितालाई अझ रोमाञ्चक बनाइदिएको छ । विश्वकपमा सहभागी ३२ टिम मध्ये कतिपयले उत्कृष्ट प्रदर्शन गरे त, कतिले समर्थकलाई निराश बनाए । साविक विजेता जर्मनी समूह चरणबाट बाहिरिएको छ । अर्जेटिना घिस्रिएर नकआउट चरणमा पुगेको छ । ३२ टिम मध्ये १६ टिम बाहिरिसकेका छन् । १४ जुनबाट सुरु भएको जारी विश्वकप ११ पटक युरोपमा भएको छ ।

समूह चरणको खेल सकिँदा सम्म १२२ गोल भइसकेको छ । यसरी हेर्दा प्रत्येक खेलमा २ दशमलव ५ गोल हुन आउँछ । तीनवटा रेड कार्ड देखाइएको छ भने १५८ पटक पहेंलो कार्ड देखाइएको छ । समूह चरणका खेलमा ३६ हजार ३४९ पटक बल पास भएको आँकडा छ । अहिले सम्म बेल्जियमले सबैभन्दा बढी ९ गोल गरेको छ । खेलाडीमा भने इंग्ल्यान्डका ह्यारी केन शीर्ष स्थानमा छन् । उनले व्यक्तिगत पाँच गोल गरेका छन् । त्यसपछि बेल्जियमका रोमलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ४/४ गोल गरेका छन् ।

साविक विजेता जर्मनीले २५२ पटक समूह चरणका खेलमा आक्रमण ग¥यो तर दुर्भाग्य ऊ समूह चरणबाट बाहिरिसकेको छ । पासमा स्पेन उत्कृष्ट देखिएको छ । उसले २८९ पास खेलेको छ । रक्षात्मक खेलमा भने इरानको प्रदर्शन राम्रो रह्यो । उसले १४९ पटक बल क्लियर, ट्याकल र बचाउ गरेको छ । त्यसैगरी जारी विश्वकपको समूह चरणको खेलमा आत्मघाती गोलको रेकर्ड बन्यो । समूह चरणको खेल सकिँदासम्म नौवटा आत्मघाती गोल भए । २४ पेनाल्टी प्राप्त भएको छ । त्यसैगरी १८ पेनाल्टी गोल भए । ६ वटा पेनाल्टीमा गोल भएन । जसमा अर्जेन्टिनाका मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोका पनि पेनाल्टी मिस भए ।

यसपटक समूह चरणमा दुईवटा टिम मात्र अंकविहीन हुनुप¥यो । पानामा र इजिप्ट अंकविहीन हुँदै घर फर्किए । त्यसैगरी कम अंक ल्याएर नकआउट चरणमा प्रवेश गर्ने टिममा अर्जेन्टिना र जापान रहेका छन् । दुवै टिमको ४ अंक छ । जापान फेयर प्लेका कारण नकआउट चरणमा प्रवेश गरेको हो । विश्वकपको इतिहासमा फेयर प्लेको निर्णयबाट नकआउट चरणमा प्रवेश गर्ने जापान पहिलो देश हो । जापान यसपटकको विश्वकपमा नकआउट चरणमा पुग्ने एउटै मात्र एसियाली देश हो ।
राजधानीबाट

 

Logo