काठमाडौं

गएराती भएका खेलहरुमा बेल्जियम समूह जी को विजेता बनेको छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डलाई एक शुन्यले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो। "/>

विश्वकप विशेष : इंग्ल्याण्ड बेल्जियमसँग १-० ले पराजित

विश्वकप विशेष : इंग्ल्याण्ड बेल्जियमसँग १-० ले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

गएराती भएका खेलहरुमा बेल्जियम समूह जी को विजेता बनेको छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डलाई एक शुन्यले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो। समूह विजेता बनेको बेल्जियम र उपविजेता इंग्ल्याण्ड दुवै यो खेल अघि नै नकआउट चरणमा प्रवेस गरिसकेका टोली हुन् ।

यता विश्वकप अन्तर्गतकै समूह चरणको अन्तिम खेलमा समूह ‘जी’ को ट्युनिसियाले पानामालाई २–१ ले पराजित गर्दै सान्तवना जित दर्ता गरेको छ । बिहिबार नै भएको अर्को खेलमा जापान पोल्याण्डसँग १-० ले पराजित भएको छ । खेल पहिलो हाफ सम्म गोल रहित बराबरी भएपनि ६० औं मिनेटमा पोल्याण्डले गरेको १ गोल नै निर्णायक बन्यो ।

यद्यपी जापान र कोलम्बिया अन्तिम १६ मा प्रवेस गरेका छन् । पहेंलो कार्ड धेरै खाएका कारण सेनेगल नकआउट चरणमा प्रवेश गर्न सकेन । प्वाइन्ट टेबल, गोल गरेको र गोल खाएको संख्या बराबर रहेपनि, जापानले कम पहेंलो कार्ड खानु नै अर्को चरण प्रवेश गर्ने आधार बन्यो । उता सेनेगल र कोलम्बिया बीचको खेलमा सेनेगल १–०ले पराजित भएको छ ।

Logo