ईंग्ल्याण्ड र बेल्जियमलाई हार्दा बढी फाइदा

ईंग्ल्याण्ड र बेल्जियमलाई हार्दा बढी फाइदा

केन्द्रबिन्दु
0
Shares

रसियामा आयोजना भैरहेको २१ औं बिश्वकप फुटबल प्रतियोगिताका समूह चरणका खेलहरु आज रातिवाट समाप्त हुनेछन् । आज हुने समूह जी र समूह एचका खेल पछि यो विश्वकप प्रिक्वाटर फाइनल (राउण्ड १६) चरणमा प्रबेश गर्नेछ ।

आज हुने खेलमा सन् १९९६ को विश्वकप विजेता ईंग्ल्याण्ड र सन् १९८६ को बिश्वकपमा चौथो स्थानमा रहेको बेल्जियम विच हुने खेललाई रोचक मानिएको छ । यो बिश्वकपमा राम्रो प्रदर्शन गर्दै आएको ईंग्ल्याण्ड र बिश्वकपको छनोट देखिनै उत्कृष्ट प्रदर्शन गर्दै आएको बेल्जियम विच आफ्नो समूहमा को चाँहि सर्वोकृष्ट हुने भन्ने प्रतिस्पर्धा हुनेछ ।

यो बिश्वकपमा ईंग्ल्याण्डले आफ्नो पहिलो खेलमा ट्युनिसियालाई २–१ गोलले र पानामालाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तैगरी बेल्जियमले पानामालाई ३–० गोलले र ट्युनिसियालाई ५–२ को अन्तरले पराजित गरेको थियो । यो सफलताले गर्दा ईंग्ल्याण्ड र बेल्जियमलाई समान ६ अंकका साथ शिर्ष स्थानमा राखेको छ । पानामा र ट्युनिसियाले कुनै पनि अंक प्राप्त गर्न सकेका छैनन् । जसको कारण उनीहरु विच आजहुने खेल जसले जितेपनि घर फर्किनु पर्ने निश्चित छ । तर उनीहरु विच समूह तेस्रो को हुने भन्ने बिषयमा राम्रै प्रतिस्पर्धा भने हुने छ ।

बेल्जियम र ईंग्ल्याण्डविच हुने खेलमा समूहको शिर्ष स्थानमा कसले कब्जा गर्ने भन्ने बिषयमा खेल हुने देखिएपनि फुटबलको समिकरणलाई हेर्ने हो भने आज हार्ने टिमलाई पछि फाइदा हुने देखिन्छ ।

आज राती नेपाली समय अनुसार ११:४५ बजे हुने खेलमा जसले जित्छ उक्त टिमले प्रिक्वाटर चरणमा केही सजिलो टिम पाएपनि क्वाटर फाइनलमा ब्राजिल र मेक्सिकोवाट जितेर आउने टिमको सामना गर्नुपर्छ भने सेमिफाइनलमा उरुग्वे, पोर्चुगल, फ्रान्स र अर्जेन्टिना मध्ये कुनै विजेतासंग प्रतिस्पर्धा गर्नु पर्ने छ ।

यदी ईंग्ल्याण्ड र बेल्जियम विच जुन टिम पराजित हुन्छ उ आजै हुने समूह एचको विजेता जापान वा सेनेगलसंग खेल्नु पर्ने हुन्छ । यो वाहेक क्वाटरफाइनलमा स्विडेन वा स्विटजरल्याण्ड विचको बिजेतासंग र सेमिफाइनलमा जित्दै आएमा स्पेन, रसिया, क्रोएसिया वा डेनमार्कसंग खेल्नुपर्ने हुन्छ ।

ईंग्ल्याण्ड र बेल्जियम विच जसले हार्छ उसलाई तुलनात्मक रुपमा सजिलो समूह पर्ने हुनाले पनि सम्भवत दुबै टिमले आज हुने खेलमा सब्चिचूटमा रहेका खेलाडीहरुलाई उतार्ने देखिन्छ । हार्ने मनसायलाई बल दिन पनि दुबै टिमले पछिल्ला खेलाडीहरुलाई उतार्ने देखिन्छ ।

बेल्जियम र ईंग्ल्याण्ड विच महत्वपूर्ण प्रतियोगिताहरुमा अहिलेसम्म ४ पटक आमनेसामने भएको छ । यो भन्दा अगाडी यि दुबै टिमले ग्रुप चरणमा दुईपटक खेलेका थिए । उक्त दुबै खेल ड्रमा समाप्त भएको थियो । सन् १९९० को बिश्वकपमा भने प्रिक्वाटर फाइनलमा भेट भएको थियो । यो खेलमा ईंग्ल्याण्डले बेल्जियमलाई १–० गोलले पराजित गरेको थियो ।

Logo