काठमाडौं

रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बिहीबार (आज) बाट पहिलो चरणका खेलहरू सकिदै छन् । "/>

विश्वकप फुटबलको पहिलो चरणका खेलहरु आज देखि सकिंदै (अन्तिम १६ मा पुग्ने टोलीको नाम सहित)

विश्वकप फुटबलको पहिलो चरणका खेलहरु आज देखि सकिंदै (अन्तिम १६ मा पुग्ने टोलीको नाम सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बिहीबार (आज) बाट पहिलो चरणका खेलहरू सकिदै छन् । ३२ राष्ट्रको सहभागिता रहेको विश्वकपमा अहिलेसम्म १४ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

प्रतियोगितामा समूह ‘ए’ बाट उरुग्वे र रूस, समूह ‘बी’ बाट स्पेन र पोर्चुगल, समूह ‘सी’ बाट फ्रान्स र डेनमार्क, समूह ‘डी’ बाट क्रोएसिया र अर्जेन्टिना, समूह ‘इ’ बाट ब्राजिल र स्विट्जरल्याण्ड, समूह ‘एफ’ बाट स्विडेन र मेक्सिको र समूह ‘जी’ बाट इङल्याण्ड र बेल्जियम नकआउट चरणमा प्रवेश गरिसकेका छन् । बाँकी २ टोलीको टुंगो बिहीबार (आज) लाग्नेछ ।

बिहीबार हुने समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत हुने पहिलो खेलमा समूह एच मा रहेका कोलम्बिया र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा बेलुका ७ः४५ मा समुह एच कै जापान र पोल्याण्ड भिड्नेछन् । अघिल्लो चरणमा स्थान बनाउन जापानलाई पनि जित्नै पर्ने दबाब छ ।

यस्तै अर्को खेलमा राती ११ः४५ मा समूह जी का इङ्ल्याण्ड र बेल्जियम आमने सामने हुने छन् । दुवै टोली विश्वकपको अन्तिम १६ मा यस अघि नै प्रवेश गरिसकेका छन् । अर्को खेलमा पानामा र ट्युनिसिया खेल्दैछन् । प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोली सान्त्वना जितको लागि खेल्नेछन् ।

१४ असारको तालिका :
साँझ ७ः४५, जापान र पोल्याण्ड, आठौं समूह
साँझ ७ः४५, सेनेगल र कोलम्बिया, आठौं समूह
राति ११ः४५, पानामा र ट्युनेसिया, सातौं समूह
राती ११ः४५, बेलायत र बेल्जियम, सातौं समूह

Logo