काठमाडौं

विश्वकप अन्र्तगत गए रातीको खेलमा सर्वियालाई २–० ले हराउँदै ब्राजिल समूह विजेता बनेको छ । "/>

गएरातीका खेलहरुमा ब्राजिल र दक्षिण कोरिया विजयी

गएरातीका खेलहरुमा ब्राजिल र दक्षिण कोरिया विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप अन्र्तगत गए रातीको खेलमा सर्वियालाई २–० ले हराउँदै ब्राजिल समूह विजेता बनेको छ । ब्राजिलको जितमा पाउलिन्हो र थियागो सिल्भाले एक–एक गोल गरे। ब्राजिलले पहिलो हाफको ३६ औं मिनेटमा पाउलिन्होको गोलमा अग्रता लिएको थियो । फिलिपे कौटिन्होको पासमा पाउलिन्होले तीन डिफेन्डरको बीचबाट सुन्दर गोल गरेका थिए ।

त्यस्तै विश्वकपको समूह इ तर्फको तेस्रो खेलमा कोस्टारिका र स्विजरल्याण्ड बीचको खेल २÷२ गोलको बराबरी भएपछि स्विजरल्याण्ड उपविजेता बनेको छ ।

उता विश्वकप फुटबलको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा दक्षिण कोरिया विजयी भएको छ । समूह एफका जर्मनी र दक्षिण कोरियाको खेलको अन्तिम समयमा कोरियाले रोमाञ्चक २ गोल गरेसँगै जर्मनी पराजित भएको हो । खेलको अन्तिम समयमा कोरियाले गरेको गोल नै निर्णायक भयो । यस्तै समूह एफ तर्फको तेस्रो खेलमा मेक्सिको विरुद्ध स्विडेनले ३–० को जित हासिल गरेको छ ।

Logo