काठमाडौं
विश्वकप फुटबलको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा आज दक्षिण कोरिया विजयी भएको छ । समूह एफका जर्मनी र दक्षिण कोरियाको खेलको अन्तिम समयमा कोरियाले रोमाञ्चक २ गोल गरेसँगै जर्मनी पराजित भएको हो । "/>

दक्षिण कोरियाद्वारा जर्मनी २-० ले पराजित : जर्मनी समुहचरणबाटै बाहिरियो

दक्षिण कोरियाद्वारा जर्मनी २-० ले पराजित : जर्मनी समुहचरणबाटै बाहिरियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विश्वकप फुटबलको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा आज दक्षिण कोरिया विजयी भएको छ । समूह एफका जर्मनी र दक्षिण कोरियाको खेलको अन्तिम समयमा कोरियाले रोमाञ्चक २ गोल गरेसँगै जर्मनी पराजित भएको हो । खेलको अन्तिम समयमा कोरियाले गरेको गोल नै निर्णायक भयो । जर्मनीले १ गोल पनि गर्न सकेन ।

उता समूह एफ तर्फको तेस्रो खेलमा मेक्सिको विरुद्ध स्विडेनले ३–० को जित हासिल गरेको छ । खेलको ७४ औँ मिनेटमा मेक्सिकोका लागि अल्भरेजले गोल गर्दै अग्रता दिलाए भने खेलको ६२ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्विडेनले दोस्रो गोल गर्दै २–० को अग्रता कायम गरेको थियो । खेलको ५० औँ मिनेटमा स्विडेनका खेलाडी अगस्टिनसनले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।

पराजित जर्मनी विश्वकपको साविक विजेता हो । उसले यस विश्वकपमा समुह चरणबाटै विदा लिएको छ ।

Logo