काठमाडौं

अर्जेन्टिनाले नाइजेरिया विरुद्ध दोस्रो गोल गरेपछि, अर्जेन्टिनाका चर्तित फुटबलर म्याराडोना अस्वस्थ भए । "/>

अर्जेन्टिनाको जितमा सेलिब्रेसन गर्दागर्दै म्याराडोना अस्वस्थ

अर्जेन्टिनाको जितमा सेलिब्रेसन गर्दागर्दै म्याराडोना अस्वस्थ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

अर्जेन्टिनाले नाइजेरिया विरुद्ध दोस्रो गोल गरेपछि, अर्जेन्टिनाका चर्तित फुटबलर म्याराडोना अस्वस्थ भए । दर्शकका रुपमा रहेका म्याराडोना मैदानमा खेलका हरेक मुभमेन्टमा प्रतिक्रिया जनाइरहेका थिए ।

टेलिभिजन क्यामेराहरु बेलाबेलामा उनलाई फोकस गरिरहेका हुन्थे । मेसीले पहिलो गोल हान्दा, निकै खुसी भएर सेलिब्रेसन गरेका उनी, अर्जेन्टिनाले पेनाल्टी पाएर गोल खाँदा, चुकचुकाएका थिए ।

बराबरी मै रोकिएर विश्वकपबाट बाहिरिने अवस्थाको नजिक पुगिसकेको अर्जेन्टिनाका लागि जब ८६ औं मिनेटमा मार्कोस रोहोले गोल गरे , त्यसपछि म्याराडोना जुरुक्क उठे, नजिकै भएका सहयोगीलाई अंगालो मारे । त्यसपछि सेलिब्रेसन गर्दै रंगशालाबाट बाहिने क्रममा उनी लडेको बताइएको छ ।

५७ वर्षीय म्याराडोनाको रक्तचाप न्यून रहेका कारण शक्ति लगाएर सेलिब्रेसन गर्दा कमजोर भइ लडेको अर्जेन्टिनी मिडियालाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यामहरूले खबर दिएका छन् । उपचारपछि उनी सामान्य अवस्थामा रहेको जनाइएको छ ।
अन्नपूर्णबाट

Logo