डेनमार्क र फ्रान्स गोलरहित बराबरीमा, पेरुले अष्ट्रेलियालाई २ – ० ले हरायो

डेनमार्क र फ्रान्स गोलरहित बराबरीमा, पेरुले अष्ट्रेलियालाई २ – ० ले हरायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

रसियामा जारी विश्वकप फुटबलको समूह सी तर्फको डेनमार्क र फ्रान्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । जारी खेलमा दुबै टोलीले नतिजा निकाल्न नसक्दा गोलरहित बराबरीमा पुगेको हो ।

यसअघि फ्रान्स अन्तिम १६ मा प्रवेश गरिसकेको छ भने अंक बटुलेर अन्तिम १६ मा पुग्ने दाउमा डेनमार्क रहेको थियो ।

उता समूह सी तर्फको अर्को खेलमा पेरुले अष्ट्रेलियालाई २ गोलले पराजित गरेको छ । खेलको १८ औँ मिनेटमा पेरुका आन्ड्रे क्यारिल्लोले पहिलो गोल गर्दै अग्रता लिएका थिए भने ५० औं मिनेटमा अर्को गोल गर्दै पेरु विजयी भएको हो ।

पेरु समूह चरणबाटै यस अघि नै बाहिरिसकेको छ । पेरुको यो पहिलो जित हो ।

Logo