काठमाडौं

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा मंगलबार (आज) ४ खेलहरू हुँदैछन् । "/>

विश्वकप विशेष : आज अर्जेन्टिना र नाइजेरिया भिड्दै

विश्वकप विशेष : आज अर्जेन्टिना र नाइजेरिया भिड्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा मंगलबार (आज) ४ खेलहरू हुँदैछन् । समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह सी मा रहेका अष्ट्रेलिया र पेरूले प्रतिस्पर्धा गर्दैछन् । खेल फिस्ट ओलम्पिक रंगशालामा नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ ।

पेरू प्रतियोगिताबाट बाहिरिसकेको भने अष्ट्रेलियाको सम्भावना कामयै छ । फ्रान्स भने अन्तिम १६ मा स्थान बनाउन सफल भइसकेको छ । पेरू उद्घाटन खेलमा डेनमार्कसँग र दोस्रो खेलमा फ्रान्ससँग समान १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । यता अष्ट्रेलिया उद्घाटन खेलमा २–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा डेनमार्कसँग १–१ को बराबरीमा रोकेको थियो ।

आजै हुने दोस्रो खेलमा बेलुका ७ः४५ मा समुह सी कै डेनमार्क र फ्रान्स भिड्नेछन् । यी दुई टोलीबीचको खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । यसैगरि अर्को खेलको राती ११ः४५ मा समूह डी का अर्जेन्टिना र नाइजेरिया आमने सामने हुनेछन् । अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा क्रोएसियासँग ३–० को लज्जास्पद हार ब्यहोर्न बाध्य भएको थियो । २०१४ को विश्वकपमा उपविजेता बनेको अर्जेन्टिनालाई अन्तिम १६ मा प्रवेश गर्न यो खेलमा जित्नै पर्ने दबाब छ । यता ११ः४५ मै रोस्टोभ एरिना सामरा रंगशालामा हुने आजको अर्को खेलमा क्रोएसिया र आइसल्याण्ड खेल्दैछन् ।

गएराती भएका खेलहरुमा दुई खेल बराबरीमा रोकिए भने उरुग्वेले आयोजक रसियालाई ३, ० को फराकिलो जित हाशिल गरेको छ । उता साउदी अरेबीयाले सान्त्वना जित हात पारेको छ । पोर्चुगल र इरान तथा स्पेन र मोरक्को वीचको खेल बराबरीमा सकियो ।
१२ असारको तालिका
साँझ ७ः४५, अस्ट्रेलिया र पेरु, तेस्रो समूह
साँझ ७ः४५, डेनमार्क र फ्रान्स, तेस्रो समूह
राति ११ः४५, नाइजेरिया र अर्जेन्टिना, चौथो समूह
राति ११ः४५, आइसल्याण्ड र क्रोएसिया, चौथो समूह

Logo