काठमाडौं

गएराती भएका खेलहरुमा दुई खेल बराबरीमा रोकिए भने उरुग्वेले आयोजक रसियालाई ३-० को फराकिलो जित हाशिल गरेको छ । "/>

विश्वकप विशेष : गएरातीका खेलमा उरुग्वे र साउदी अरब विजयी

विश्वकप विशेष : गएरातीका खेलमा उरुग्वे र साउदी अरब विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

गएराती भएका खेलहरुमा दुई खेल बराबरीमा रोकिए भने उरुग्वेले आयोजक रसियालाई ३-० को फराकिलो जित हाशिल गरेको छ । उता साउदी अरेबीयाले सान्त्वना जित हात पारेको छ ।

स्पेन समूह बी को विजेता बन्दै नकआउट चरण प्रवेस गरेको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा सोमबार स्पेनले मोरक्कोलाई दुई दुई गोलको बराबरीमा रोक्दै समूह विजेता बनेको हो । यस्तै पोर्चुगल उपविजेता बन्दै नकआउट चरण प्रवेस गरेको छ भने इरान र मोरक्को समूह चरणमै सिमित भएका छन् । स्पेनको भेट अब रसियासँग हुनेछ ।

पोर्चुगल समूह ‘बी’ को उपविजेताको रुपमा रसिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । मोर्डोभिया एरिना रंगशालामा सोमबार सम्पन्न खेलमा इरानसँग १–१ को बराबरीमा रोकिएसँगै पोर्चुगल उपविजेता भएको हो । अब प्रि क्वाटरफाइनलमा पोर्चुगलको भेट उरुग्वेसँग हुनेछ ।

यस्तै साउदी अरव र इजिप्ट वीचको आफ्नो अन्तिम खेलमा साउदी अरेबीयाले सान्त्वना जित हात पारेको छ । समुह ए अन्तर्गत भोल्गोग्राड रङ्गशालामा सोमबार जारी विश्वकपको आफ्नो अन्तिम खेल खेलेका दुवै टोलीका लागि हिजोको खेलमा पहिलो जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने अवसर रहेको थियो । सोमबारको जितसँगै साउदीले प्रतियोगीतामा पहिलो जित दर्ता गरेको छ भने इजिप्टले कुनैपनि खेल जित्न नसकी अंक विहिन रहँदै घर फर्केको छ । साउदीले इजिप्टलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

 

 

Logo