रानाल्डोलाई रातभरी सुत्न दिएनन्

रानाल्डोलाई रातभरी सुत्न दिएनन्

केन्द्रबिन्दु
0
Shares

सोमवार हुने खेलमा पोर्चुगलले इरानबिरुद्ध समूह चरणको अन्तिम खेल्दै छ । फुटबलका अधिकांश बिश्लेषकहरुले यो खेल पोर्चुगलले जित्ने अनुमान गरेका छन् । तर इरानियन यो खेल आफ्नो टिमले जित्ने सोचमा रहेका छन् ।

दर्शक मैदानमा जान नपाएपनि मैदान बाहिर बसेर हतकण्डा अपनाउन त सक्छन् नै । उनीहरुले आफ्नो इरानियन टिमले जितोस् भनेर नयाँ उपाय निकाले । पोर्चुगलका खेलाडीहरु बसेको सरान्सकको होटेल बाहिर बसेर रातभर हल्ला गरेर सुत्न नदिने । अनिन्द्रा भएपछि पोर्चुगलका खेलाडीहरु भोलिपल्टको म्यान खेल्न सक्दैनन् । नभन्दै उनीहरु रोनाल्डो र उनका साथीहरु बसेको होटेल बाहिर बसेर रातभर बिभिन्न बाजागाजा सहित उपस्थित भएका थिए । उनीहरुले रातभर बाजा बजाएर बिहानै पारे ।

इरानियनको हल्लाले गर्दा सुत्न नसकेपछि रोनाल्डोले झ्यालमा आएर हल्ला नगर्न र आफुलाई निन्द्रा लागेको कुरा हातले संकेत गरेका थिए ।

Logo