राजनीतिक विवादमा परे मोहम्मद सलाह

राजनीतिक विवादमा परे मोहम्मद सलाह

केन्द्रबिन्दु
0
Shares

लिभरपुलमा खेलेर पाएको ख्यातिका कारण ईजिप्टका फुटबलर मोहम्मद सलाहले यसपटक इजिप्टलाई विश्वकपनै दिलाउछन् भन्ने अनुमान गर्नेको कुनै कमी थिएन ।

काँधको चोटका कारण केही समय मैदान बाहिर रहेका सलाहले रसिया विश्वकप खेल्लान् कि खेल्दैनन् भन्ने कौतुहलता धेरैमा रहेको थियो । उरुग्वेबिरुद्धको पहिलो खेल बेन्चमै बसेका सलाहले दोस्रो खेलमा आयोजक रसियाबिरुद्ध हार भोगेपनि एक गोल गर्न सफल भएका थिए । सोमवार हुने तेस्रो खेलमा उत्रिने क्रममा सलाहले रसियावाट अलग हुन चाहने चेचेन बिद्रोहीका नेतासंग बसेर खिचेको फोटोले अहिले राजनीतिक विवाद देखा परेको छ ।

ईजिप्टका खेलाडी अभ्यास गर्न बसेको क्षेत्र चेचेन बिद्रोहीहरुको बलियो पकड क्षेत्र मानिन्छ । चेचेन बिद्रोही मुलत मुस्लिमहरु रहेको कारण उनीहरुले रसियावाट अलग राज्यको माग गरिरहेका थिए । रसियाको दमनका कारण अहिले शान्त अवस्थामा रहेका चेचेन बिद्रोहीहरुसंग मुस्लिम खेलाडीमा बिश्वमै ख्याती कमाएका सलाहले हात मिलाएर एउटा कार्यक्रममा संगै बसेपछि यो घटनाले नयाँ रुप लिएको हो ।

चेचेन बिद्रोही नेता रमजान खड्यारोभसंग सलाहले किन भेटे र उनको भेटको प्रयोजन के रहेको थियो भन्ने बिषयमा रसिया सरकारले चासो देखाएको छ । ग्रोज्नीमा ईजिप्टका खेलाडीहरुले गरेको प्रशिक्षण अभ्यासको बेला चेचेन नेता रमजान गएका थिए । उनले सलाहलाई चेचेन सरकारको तर्फवाट सम्मानित नागरिक्ता दिने प्रस्ताव राखेको र उक्त प्रस्तावलाई स्विकार गर्न पनि भनेका थिए ।

रमजानसंग हात मिलाएको र उनको कार्यक्रमा सरिक भएको तस्विरहरु सार्वजनिक भएपछि सलाह राजनीतिक विवादमा आएका छन् । त्यसमा पनि यो कार्यक्रम मुस्लिम बिद्रोहीहरुको भएको कारणले सलाहलाई थप अप्ठ्यारो अवस्थामा पुर्‍याएको छ ।

Logo