काठमाडौं

गएराती भएका खेलमा इङ्ल्याण्ड र कोलम्बिया विजयी भएका छन् भने जापान र सेनेगलको खेल बराबरीमा टुंगिएको छ । "/>

विश्वकप फुटबल : गएरातीका खेलमा इङ्ल्याण्ड र कोलम्बिया विजयी

विश्वकप फुटबल : गएरातीका खेलमा इङ्ल्याण्ड र कोलम्बिया विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

गएराती भएका खेलमा इङ्ल्याण्ड र कोलम्बिया विजयी भएका छन् भने जापान र सेनेगलको खेल बराबरीमा टुंगिएको छ ।

स्ट्राइकर ह्यारी केनको ह्याट्रिक प्रेरित खेलमा पानामालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड रसिया विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । यता विश्वकप फुटबलमा समूह एफका जापान र सेनेगलको खेल बराबरीमा सकिएको छ । रसियाको इकाटेरिनबर्ग रंगशालामा सम्पन्न आइतबारको दोस्रो खेलमा दुवै टोलीले २–२ को बराबरी खेल्दै अंक बाडेका छन् ।

बराबरीपछि दुवै टोलीका समान चार–चार अंक भएको छ । जापानले पहिलो खेलमा कोलम्बिया र सेनेगलले पोल्याण्डलाई पराजित गरेका थिए । हिजोको खेलमा बराबरी गरेका दुवै टोलीको अघिल्लो चरणको यात्रा जिवितै छ ।

समूह एच अन्तर्गत आइतबार भएको खेलमा कोलम्बियाले पोल्याण्डलाई पराजित गरेको छ । आइतबार राती रसिया स्थित कजान रङ्गशालामा सम्पन्न खेलमा कोलम्बियाले पोल्याण्डलाई तिन शुन्य गोल अन्तरले पराजित गरेको हो । जितसँगै कोलम्बियाको नकआउट चरण प्रवेशको ढोका खुलै रहेको छ भने पोल्याण्ड समुह चरणबाटै घर फर्कने भएको छ ।

Logo