कोलम्बियाका खेलाडीलाई ज्यान मार्ने धम्की

कोलम्बियाका खेलाडीलाई ज्यान मार्ने धम्की

केन्द्रबिन्दु
0
Shares

रसियामा आयोजना भैरहेको बिश्वकपमा खराव शुरुवात गरेको कोलम्बियाली टिमका मिडफिल्डर कार्लोस साञ्चेजलाई ज्यान मार्ने धम्कि आएको छ ।

पहिलो खेलमा एशियाली राष्ट्र जापानबिरुद्ध २–१ को पराजय भोगेको कोलम्बियाले आफुलाई दोस्रो चरणमा पुर्‍याउन पोल्याण्डबिरुद्ध आईतवार राती हुने खेलमा जित्नै पर्छ भने अर्को खेलमा पनि जित निकाल्नै पर्ने अवस्थामा रहेको छ ।

समूह एचको बलियो टिम मानिएको कोलम्बिया पहिलो खेलमा जापानसंग पराजित भएर तनाबमा रहेको थियो । सोही खेललाई आधार बनाएर कार्लोसलाई ज्यान मार्ने धम्कि आएपछि अहिले टिमका सबै सदस्यहरु तनावमा रहेका छन् ।

जापानबिरुद्धको पहिलो खेलमा साञ्चेजले डि एरियामा जापानले प्रहार गरेको बललाई हातले रोक्दा रातो कार्ड पाएर मैदानबाट बाहिरीएका थिए । जसको कारण जापानले पाएको पेनाल्टिलाई गोल गर्दै अग्रता लिएको थियो ।

साञ्चेजलाई आएको धम्कीले सन् १९९४ को विश्वकप फुटबल प्रतियोगितालाई संझाएको छ । उक्त बिश्वकपमा कोलम्बियाका आन्द्रेश इस्कोबारले आत्मघाती गोल गर्दा उनलाई पनि ज्यान मार्ने धम्की आएको थियो । बिश्वकप पछि इस्कोबारलाई कोलम्बियामा गोली हानी हत्या गरियो । अहिले आएको धम्की पछि कोलम्बियाली टिम कजानको एक स्कि रिसोर्टमा अभ्यास गरिरहेको छ । धम्कीको बिषयमा कोलम्बियन प्रहरीले छानविन गरिरहेको जनाएको छ ।

Logo