फिफा विश्वकपः साविक विजेता जर्मनीको पहिलो जित

फिफा विश्वकपः साविक विजेता जर्मनीको पहिलो जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

रसियामा जारी फिफा विश्वकपमा साविक विजेता जर्मनीले पहिलो जित दर्ता गरेको छ । आफ्नो पहिलो जितसँगै जर्मनीले अन्तिम १६ को यात्रा केही सहज बनाएको छ । शनिबार राति भएको खेलमा साविक विजेता जर्मनीले स्वीडेनलाई २—१ गोलले पराजित गरेको हो ।

टोनी क्रोसले अतिरिक्त समयमा गोल गर्दै खेललाई महत्वपूर्ण जित दिलाएका हुन् । यसअघि आफ्नो पहिलो खेलमा मेक्सिकोसँग पराजित भएको साजिक विजेता जर्मनीलाई ९० मिनेटसम्म खेल जित्न हम्मेहम्मे परेको थियो ।

जर्मनीका लागि ४८ औं मिनेटमा मार्को रेउसले पहिलो गोल गरेका थिए । यसअघि स्वीडेनका लागि ओला टोभिनेन्टले ३२ औं मिनेटमा गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।


जर्मनी मेक्सिकोसँग पहिलो खेलमा पराजित भएको थियो भने स्वीडेनले कोरियालाई हराएको थियो । यो समूहबाट मेक्सिको एक खेल अगावै लगभग छनोट भैसकेको छ । कोरिया प्रतियोगिताबाट बाहिरिएको छ ।

अन्तिम खेल स्वीडेनले मेक्सिको र जर्मनीले कोरियासँग खेल्नेछ । २ वटा पहेंलो कार्ड खाएपछि जर्मनीका बएटिङ खेल मैदान बाहिर पुगे र जर्मनी १० जना खेलाडीमा सिमित भयो। 

Logo