काठमाडौं ।

फिफा विश्वकप अन्तर्गत बेल्जियम र ट्युनिसियाबीचको खेल जारी रहेको छ । खेलको पहिलो हाफमा ४ गोल भएका छन् । "/>

बेल्जियम भर्सेस ट्युनिसियाः पहिलो हाफमा पेनाल्टीसहित ४ गोल

बेल्जियम भर्सेस ट्युनिसियाः पहिलो हाफमा पेनाल्टीसहित ४ गोल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

फिफा विश्वकप अन्तर्गत बेल्जियम र ट्युनिसियाबीचको खेल जारी रहेको छ । खेलको पहिलो हाफमा ४ गोल भएका छन् । पहिलो हाफमा बेल्जियमले ३ गोल गरेको छ ।बेल्जियमका लागि रोमेलु लुकाकुले २ गोल गरे उनले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए भने ।

पहिलो हाफमा थप गरिएको तेस्रो मिनेटमा अर्को गोल गरे । बेल्जियमका लागि पहिलो गोल छैटौं मिनेटमा एडेन हाजार्डले पेनाल्टी मार्फत गोल गरेका थिए ।

ट्युनिसियाले १८ औं मिनेटमा पहिलो गोल गरेको थियो । उसका लागि ड्यालन ब्रोनले गोल गरेका थिए ।

बेल्जियम पहिलो खेलमा विजयी भएको थियो । उसले पानामालाई ३–० गालेले पराजित गरेको थियो । यता ट्युनिसिया भने पहिलो खेलमा इङ्ल्याण्डसँग २–१ ले पराजित भएको थियो ।

Logo