सर्वाधिक दौडने फुटबलरमा रोनाल्डो

सर्वाधिक दौडने फुटबलरमा रोनाल्डो

केन्द्रबिन्दु
0
Shares

बिश्वकपको माहौलमा खेलाडीहरुका विविध कुराले चर्चामा आउने गर्छ । फुटबल खेलाडीहरुमा को बढी दौडन सक्छ भनेर पछिल्लो पटक एक अनुसन्धान भएको थियो । उक्त अनुसन्धानमा देखिएको नतिजाहरु यसप्रकार रहेका छन् ।

१. क्रिष्टियानो रोनाल्डो
पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले यो विश्वकपमा ह्याट्रिक गरेपछि उनको चर्चा शिखरमा रहेको छ । रियल म्याड्रिडका खेलाडी समेत रहेका रोनाल्डो फुटबल मैदानमा ३८ दशमलब ६ किलोमिटर प्रतिघन्टाको रफ्तारमा दौडन सक्छन् । ३३ बर्षिय रोनाल्डोको दौडने यो गति अहिले खेलिरहेका फुटबलरहरुमा सर्वाधिक रहेको छ ।

२. गेराथ बेल
वेल्सले रसिया बिश्वकपको फाइनल चरणमा आफ्नो सिट सुरक्षित गर्न नसकेपनि यसका स्ट्राइकर गेराथ बेल तिब्र गतिमा दौडने खेलाडीमा दोस्रो स्थानमा पर्छन् । रियल म्याड्रिडका २९ बर्षिय स्ट्राइकर गेराथ मैदानमा दौडदा उनको गति ३६ दशमलब ९० किलोमिटर प्रतिघन्टा रहने गरेको छ ।

३. ओरलाण्डो बेरियो
कोलम्बियाका फुटबलर ओरलाण्डो बेरियो २७ बर्षका भए । उनी ब्राजिलको सेरी ए क्लबवाट बिंगरको रुपमा खेल्ने गर्छन् । देशको लागि स्ट्राइकरको रुपमा खेल्ने ओरलाण्डो मैदानमा ३६ किलोमिटर प्रतिघन्टाको रफ्तारमा दौडन सक्छन् ।

४. जुर्गेन डेम
मेक्सिकन फुटबलर जुर्गेन डेम पनि सर्वाधिक तिब्र गतिका फुटबलरहरुको श्रेणीमा पर्ने गर्छन् । बिंगरको पोजिसनमा खेल्ने जुर्गेन मैदानमा दौडदा उनको गति ३५ दशमलब २३ किलोमिटर प्रतिघन्टा रहने गरेको छ ।

५. एन्टेनियो भेलेन्सिया
म्यानचेष्टर युनाईटेडवाट राईट ब्याकवाट खेल्ने एन्टेनियो भेलेन्सिया मुलत इक्वेडरका फुटबलर हुन् । ३३ बर्षिय एन्टेनियो फुटबल मैदानमा ३५ दशमलब १० किलोमिटर प्रतिघन्टाको रफ्तारमा दौडन सक्छन् ।

 

Logo