वर्ल्डकप प्रिभ्यु: कसको ‘ब्याकग्राउण्ड’ कस्तो ?

वर्ल्डकप प्रिभ्यु: कसको ‘ब्याकग्राउण्ड’ कस्तो ?

केन्द्रबिन्दु
0
Shares

विश्वकप फुटबलको आज १० औं दिन पनि ३ खेल हुँदैछन् । नेपाली समय अनुसार साँझ ५: ४५ मा बेल्जियम र ट्युनेसिया भिड्दै छन् । त्यस्तै राती ८:४५ मा दक्षिण कोरिया र मेक्सिको खेल्दैछन भने राति ११:४५ मा जर्मनी र स्वीडेनवीच खेल हुदैछ ।

बेल्जियम vs ट्युनेसिया

आज समूह ‘जि’ मा रहेको बेल्जियम र ट्युनिसियाले प्रतिस्पर्धा गर्दै छन् । रसियाको राजधानी मस्कोस्थित स्पार्टक रंगशाला खेल हुदैछ । बेल्जियमले ट्युनिसियालाई पराजित गर्दै नकआउट चरणमा पुग्ने लक्ष्य लिएको छ । यसअघिको खेलमा बेल्जियमले पानामालाई ३-० गोल अन्तरले पराजित गरेको थियो । ट्युनिसिया भने इंग्ल्यान्डसँग २—० गोलले पराजित भएको थियो ।

अहिलेसम्म बेल्जियम र ट्युनिसियाबीच ३ खेल भएको छ । जसमा दुवैले एक—एक खेल जितेका छन् भने एक खेलमा बराबरी खेलेका छन् ।
पहिलो पटक सन् १९९३ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियम ट्युनिसियासँग २—१ गोलले पराजित गरेको थियो । त्यस्तै सन् २००२ को विश्वकपमा बेल्जियम र ट्युनिसियाले १—१ गोलको बराबरी खेलेका थिए । सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा भने बेल्जियमले ट्युनिसियालाई १—० गोलले पराजित गरेको थियो ।

मेक्सिको vs दक्षिण कोरिया

विश्वकपअन्तर्गत समूह एफको खेलमा मेक्सिको र दक्षिण कोरियाबीच पनि आजै प्रतिस्पर्धा हुँदैछ। विश्वकपमा कोरियाले लगातार २ खेल गुमाएको छ। तर, अचम्म के छ भने कोरियाले प्रत्येक तेस्रो खेलमा जित निकाल्ने गरेको छ।

यस अघि कोरिया पहिलो खेलमा स्विडेनसँग पराजित भएको थियो । कोरियाले विश्वकपका पछिल्ला १३ खेलमा १२ खेलमा गोल खाएको छ। दक्षिण कोरियाका मिडफिल्डर के सङ्युएङ् प्लेमेकर हुन्। देशका लागि १ सय ४ खेल खेलिसकेका उनीबाट कोरियाले मेक्सिको विरुद्धको खेलमा ठूलो आशा गरेको छ।

यता मेक्सिको उच्च मनोबलमा छ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गरेपछि मेक्सिको दोस्रो खेलमा जित निकाल्दै अन्तिम १६ मा पुग्ने लक्ष्यमा छ । मेक्सिकोका प्रशिक्षक ओसोरिओले प्रतिद्वन्द्वी टिमभन्दा आफूहरु बलियो भएको दाबी गरेका छन्।

जर्मनी vs स्वीडेन

आजै समूह ‘एफ’ मा जर्मनी र स्वीडेनबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल रसियाको फिष्ट रंगशालामा हुनेछ । जर्मनीका लागि आज खेल जित्नैपर्ने दबाब छ ।यसअघि जर्मनीले मेक्सिकोसँग १-० गोलको पराजय बेहोरेको थियो भने स्वीडेनले दक्षिण कोरियालाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

आजको खेलमा जर्मनीले स्वीडेनलाई पराजित गरेमा विश्वकपको अगाडिको यात्रा जारी रहने छ । तर जर्मनी स्वीडेनसँग पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ । यता, स्वीडेन भने जर्मनीलाई पराजित गरेमा विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने छ ।

Logo