अर्जेन्टिनाको कोच परिवर्तन गर्ने माग

अर्जेन्टिनाको कोच परिवर्तन गर्ने माग

केन्द्रबिन्दु
0
Shares

क्रोएशियासंग ३–० को लज्जाजनक हार भोगेपछि अर्जेन्टिनाका खेलाडीले आफ्नो टिमको प्रशिक्षक नै परिवर्तन गर्नुपर्ने बताएका छन् । समूह चरणको अन्तिम खेलमा प्रशिक्षक जोर्गन साम्पाओलीलाई परिवर्तन गर्नु पर्ने आवाज टिमका सदस्य सर्जियो एगुराले गरेका हुन् ।

म्यानचेष्टर सिटीका स्ट्राइकर एगुएराले अर्जेन्टेनियन टिमले भोगेको पराजयको बिषयमा छोटो प्रतिक्रिया दिने क्रममा अब नाईजेरियाबिरुद्ध हुने अर्को खेलमा आफ्नो टिमको प्रशिक्षक जोर्गनलाई हटाउनु पर्ने बताए । अर्जेन्टिनाले क्रोएशियासंग भोगेको पराजयलाई हेर्ने हो भने जोर्गेनले मेस्सी र उनका सहयोगीहरुका साथ बनाएको रणनीति असफल भएको उक्त खेलको फाइनल नतिजाले देखाएको थियो ।

साम्पाओलीले खेलाडी परिवर्तनको बिषयमा ख्याल राख्न नसकेकै कारण टिमले लज्जाजनक पराजयको सामना गर्नु परेको एगुराले बताए । अहिले यो बिषयलाई लिएर अर्जेन्टेनियन फुटबल एसोसिएसनले सोच्ने बताएको छ । अहिले अर्जेन्टेनियन टिमको सल्लाहकार प्रशिक्षकमा रहेका जोर्गे बुरुचागालाई पठाउन सक्ने जनाएको छ । बुरुचागा तिनै खेलाडी हुन् जसको गोलको मद्धतले अर्जेन्टिनाले सन् १९८६ को बिश्वकप जर्मनीलाई हराउदैं जितेको थियो ।

अजेन्टिनाले बिश्वकप छनोटको यात्रा थाले देखिन् दुई जना प्रशिक्षकहरुलाई हटाईसकेको छ । अर्जेन्टिनाको बिश्वकप छनोटको यात्रा जटिल भएपछि अन्तिम समयमा आएक साम्पाओली अहिले ५ बर्षको अनुबन्धमा रहेका छन् ।

Logo