अब अर्जेन्टिनाको भाग्य आईसल्याण्डको हातमा

अब अर्जेन्टिनाको भाग्य आईसल्याण्डको हातमा

केन्द्रबिन्दु
0
Shares

बिहिबार राती भएको खेलमा क्रोएसियासँग लज्जास्पद हार व्यहोरेपछि अर्जेन्टिनाका शुभचिन्तकहरु निराश छन्  । तर अहिले नै त्यतिधेरै निराश भैहाल्नु पर्दैन किनकी अर्जेन्टिनाको सम्भावना पूर्णरुपमा सकिएको भने छैन  । तर अघिल्लो चरण पुग्न अर्जेन्टिनाको भाग्य अब आइसल्याण्डको हातमा छ ।

यसअघि आफ्नो सुरुवाती खेलमा आईसल्याण्डले नै बराबरीमा रोकेर अर्जेन्टिनालाई पहिलो झड्का दिएको थियो । एक खेल मात्र खेल्न बाँकि रहंदा अर्जेन्टिनाको केवल १ अंक भएको छ । 

आईसल्याण्ड र नाइजेरियाबीचको खेल बराबरी भएमा वा नाजेरियाले जितेमा अर्जेन्टिनालाई फाइदा हुन्छ । त्यस्तै आईसल्याण्ड र क्रोएसियाबीचको खेल बराबरी भएमा वा क्रोएसियाले जितेमा पनि अर्जेन्टिनालाई उक्लिन सघाउ पुग्नेछ । त्यस्तै आफ्नो बाँकी खेलमा अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्नुपर्ने छ ।

यि तीन वटै संयोग मिले मात्रै अर्जेन्टिनालाई सहज हुनेछ । अन्यथा अर्जेन्टिनाको यस पटकको विश्वकप यात्रा यही पूर्णबिराम लाग्ने छ ।

Logo