काठमाडौं

विश्वकपको आफ्नो दास्रो खेल आज ब्राजिलले खेल्दै गर्दा मुख्य स्ट्राइकर नेयमार घाइते भएका छन् । "/>

विश्वकप विशेष : ब्राजिललाई नेयमारकै भर , तर खेल्ने अनिश्चित

विश्वकप विशेष : ब्राजिललाई नेयमारकै भर , तर खेल्ने अनिश्चित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकपको आफ्नो दास्रो खेल आज ब्राजिलले खेल्दै गर्दा मुख्य स्ट्राइकर नेयमार घाइते भएका छन् । दायाँ खुट्टा भाँच्चिएका कारण नेयमार लामो समयपछि ३ जुनमा भएको कोस्टारिकाविरुद्धको विश्वकप अभ्यास खेलमा मैदानमा फर्केका थिए ।

आइतबार स्विट्जरल्यान्डविरुद्धको खेलपछि दुखाई महसुस गरेका उनलाई प्रशिक्षणबाट निकाली उपचारका लागि फिजिसियनकोमा पठाइएको छ । यस पटक पनि उनको दायाँ खुट्टामा समस्या देखिएको हो । नेयमार दुईदिन उपचार गरेपछि मात्रै प्रशिक्षणमा फर्कने ब्राजिलियन टोलीका प्रवक्ता भिनिसिअस रोड्रिगेजले बताएका छन् ।

शुक्रबार (आज) को कोस्टारिकाविरुद्धको खेलमा उनी फिट हुने नहुने टुंगो लागेको छैन । उनले २०१४ को विश्वकपमा पनि कोलम्बियाविरुद्धको क्याटरफाइनल खेलमा घाइते भइ बाँकी खेल खेल्न सकेका थिएनन् । यदि उनले आज खेल्न सकेनन् भने ब्राजिललाई यसपटक पनि दबाबमा रहने पक्का छ । आज उसले कोस्टारिकासँग विश्वकपको दोस्रो खेल खेल्दैछ ।

Logo