काठमाडौं

आज विश्वकप फुटबलको नवौं दिन हो । आज पनि ३ खेल हुँदैछ । नेपाली समय अनुसार साँझ ५ः४५ मा ब्राजिल र कोस्टारिका पाँचौं समूहमा, साँझ ८ः४५ मा नाइजेरिया र आइसल्याण्ड, चौथो समूह र राति ११ः४५ मा सर्बिया र स्विट्जरल्याण्ड, पाँचौं समूह वीच खेल हुँदैछ । "/>

विश्वकप विशेष : आज ब्राजिल र कोस्टारिकाको भिडन्त

विश्वकप विशेष : आज ब्राजिल र कोस्टारिकाको भिडन्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आज विश्वकप फुटबलको नवौं दिन हो । आज पनि ३ खेल हुँदैछ । नेपाली समय अनुसार साँझ ५ः४५ मा ब्राजिल र कोस्टारिका पाँचौं समूहमा, साँझ ८ः४५ मा नाइजेरिया र आइसल्याण्ड, चौथो समूह र राति ११ः४५ मा सर्बिया र स्विट्जरल्याण्ड, पाँचौं समूह वीच खेल हुँदैछ ।

यसैवीच विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार बेहोरेको छ । समूह डी को दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै क्रोएसियाले अर्जेन्टिनालाई ३–० को नमिठो हार चखाएको हो । सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार ब्यहोरेको हो ।

यसैविच हिजै भएको अर्को खेलमा फ्रान्स विजयी भएको छ । इकाटेरिनबर्ग एरिना रंगशालामा बिहीबार सम्पन्न दोस्रो खेलमा फ्रान्सले पेरूलाई १–० को झिनो गोल अन्तरले पराजित गरेको छ । जितसँगै फ्रान्स अन्तिम १६ मा प्रवेश गर्दा पेरू भने प्रतियोगिताबाट बाहिरिएको छ । पेरू आफ्नो पहिलो खेलमा डेनमार्कसँग पराजित भएको थियो । बिहिबारको पहिलो खेलमा डेनमार्क र अष्ट्रेलिया बराबरीमा रोहिए । उनीहरुले १/ १ गोल गरेका थिए ।

Logo