काठमाडौं

विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार बेहोरेको छ । "/>

अर्जेन्टिनाको लज्जास्पद हार : क्रोएसियासँग ३/० को फराकिलो पराजय

अर्जेन्टिनाको लज्जास्पद हार : क्रोएसियासँग ३/० को फराकिलो पराजय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार बेहोरेको छ । समूह डी को दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै क्रोएसियाले अर्जेन्टिनालाई ३–० को नमिठो हार चखाएको हो । सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार ब्यहोरेको हो ।

क्रोएसियालाई सनसनीपूर्ण विजयी गराउने क्रममा अर्जेन्टिनाका गोल किपर वाइली काबाल्लेरोको अक्षम्य गल्तीका कारण क्रोएसियाले पहिलो गोल गरेको थियो । काबाल्लेरोले डी बक्स भित्र नियन्त्रमा लिएको बल क्लियर गर्ने क्रममा क्रोएसियाका एन्टे रोबिकले नजिकै हावामा फ्यालेपछि ५३ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

त्यसपछि खेलको ८० औँ मिनेटमा रियल मड्रिडबाट खेल्दै आएका लुका मोड्रिचले गरेको गोल आकर्षक थियो । उनले अर्जेन्टिनाका डिफेन्डरलाई चक्मा दिँदै डी बक्सको केही बाहिरबाट प्रहार गरेको बलले सीधै जाली चुमेको थियो ।

क्रोएसिया यतिमा मात्रै रोकिनेवाला थिए । उसका लागि बार्सिलोनाबाट खेल्दै आएका इभान राकिटिकले खलेको ९१ औँ मिनेटमा अर्जेन्टिनाका खेलाडी अल्मलिएका बेला गोललाई जालीको दिशा देखाइदिए । यस सँगै अर्जेन्टिनालाई अघिल्लो चरणमा जान कठिन भएको छ भने क्रोएसिया अन्तिम १६ मा पुगेको छ ।

यसैविच हिजै भएको अर्को खेलमा फ्रान्स विजयी भएको छ । इकाटेरिनबर्ग एरिना रंगशालामा बिहीबार सम्पन्न दोस्रो खेलमा फ्रान्सले पेरूलाई १–० को झिनो गोल अन्तरले पराजित गरेको छ । जितसँगै फ्रान्स अन्तिम १६ मा प्रवेश गर्दा पेरू भने प्रतियोगिताबाट बाहिरिएको छ । पेरू आफ्नो पहिलो खेलमा डेनमार्कसँग पराजित भएको थियो । बिहिबारको पहिलो खेलमा डेनमार्क र अष्ट्रेलिया बराबरीमा रोहिए । उनीहरुले १/ १ गोल गरेका थिए ।

Logo