काठमाडौं

रसियामा जारी विश्वकप फुटबलमा फ्रान्स र पेरु बिचको आजको खेलमा फ्रान्सले पहिलो गोल गरेको छ । "/>

फ्रान्स र पेरुवीचको खेलमा फ्रान्सको पहिलो गोल

फ्रान्स र पेरुवीचको खेलमा फ्रान्सको पहिलो गोल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

रसियामा जारी विश्वकप फुटबलमा फ्रान्स र पेरु बिचको आजको खेलमा फ्रान्सले पहिलो गोल गरेको छ । खेल शुरु भएको ३३ मिनेटमा फ्रान्सले गोल गरेको हो । ३६ वर्षपछि विश्वकपमा छनोट भएको दक्षिण अमेरिकी मुलुक पेरु र फ्रान्स मध्ये कसले बाजी मार्ला अनुमान लगाउन गाह्रो छ ।

पहिलो खेलमा अस्ट्रेलिया विरुद्ध संघर्षपूर्ण २–१ को जित निकालेको फ्रान्सका लागि पेरू तुलनात्मक कमजोर टोली हो । पहिलो खेलबाट ३ अंक जोडिसकेको फ्रान्सका लागि दोस्रो खेल जित्नु भनेको अन्तिम १६ को ढोका खोल्नु हो ।

यदि आजको यस खेलमा पेरुले फ्रान्सलाई बराबरीमा रोक्न सके दोस्रो खेलका लागि फाइदा हुनेछ । फ्रान्स हारिहालेमा खेल अझ रोचक बन्नेछ भने पेरु हारेमा समूह चरणबाटै बाहिरिनेछ ।

 

Logo