काठमाडौं
रसियामा जारी २१ औँ संस्करणको विश्वकप फुटबलमा समूह सी को दोस्रो खेलका लागि फ्रान्स र पेरु बिचको खेल सुरु भएको छ । "/>

फ्रान्स र पेरु भिड्दै : कसले मार्ला बाजी ?

फ्रान्स र पेरु भिड्दै : कसले मार्ला बाजी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
रसियामा जारी २१ औँ संस्करणको विश्वकप फुटबलमा समूह सी को दोस्रो खेलका लागि फ्रान्स र पेरु बिचको खेल सुरु भएको छ । ३६ वर्षपछि विश्वकपमा छनोट भएको दक्षिण अमेरिकी मुलुक पेरुले फ्रान्सलाई यस खेल मार्फत स्तब्ध बनाउने दाउमा रहेको छ ।

पहिलो खेलमा अस्ट्रेलिया विरुद्ध संघर्षपूर्ण २–१ को जित निकालेको फ्रान्सका लागि पेरू तुलनात्मक कमजोर टोली हो । पहिलो खेलबाट ३ अंक जोडिसकेको फ्रान्सका लागि दोस्रो खेल जित्नु भनेको अन्तिम १६ को ढोका खोल्नु सरह हो ।

यी दुईबीच एक पटक मात्र म्याच भएको छ । सन् १९८२ को अप्रिल २८ मा भएको अन्तर्राष्ट्रीय मैत्रीपूर्ण खेलमा पेरूले फ्रान्सलाई १–० ले पराजित गरेको थियो । यदि यस खेलमा पेरुले फ्रान्सलाई बराबरीमा रोक्न सके दोस्रो खेलका लागि फाइदा हुनेछ । फ्रान्स हारिहालेमा खेल अझ रोचक बन्नेछ भने पेरु हारेमा समूह चरणबाटै बाहिरिनु पर्नेछ ।

 

Logo