काठमाडौं

लियोनल मेसीले विश्वकप फुटबलको उपाधि जित्ने समयले बिस्तारै नेटो काट्दै छ । "/>

मेसी र अर्जेन्टिना माथि जितको दबाब : मेसीले गर्लान् त आज चमत्कार ?

मेसी र अर्जेन्टिना माथि जितको दबाब : मेसीले गर्लान् त आज चमत्कार ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

लियोनल मेसीले विश्वकप फुटबलको उपाधि जित्ने समयले बिस्तारै नेटो काट्दै छ । विश्वकप त्यही उपाधि हो जसले मेसीलाई विश्वकै सर्वकालीन महान खेलाडीको दर्जामा उभ्याउन सक्छ ।

यही आइतबार बार्सिलोनाका फरवार्ड मेसीले ३१ वर्षमा पाइला टेक्दै छन् । त्यसको अर्थ हो, रूस विश्वकप सम्भवतः मेसीका लागि उपाधि उचाल्ने अन्तिम मौका बन्न सक्छ । त्यसैले पनि समूह ‘डी’ अन्तर्गत बिहीबार क्रोएसियाविरुद्धको खेलले मेसीको जीवनमा विशेष महत्व राख्नेछ । मेसी मात्र होइन अर्जेन्टिनाका लागि पनि । मेसीले क्लबबाट ४ वटा च्याम्पियन्स लिग, ९ वटा स्पेनिस लिगको उपाधि जितिसकेका छन् । तर जन्मभूमि अर्जेन्टिनालाई उनले ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जिताउन सकेका छैनन् ।

विश्वकपको पहिलो खेलमा मेसीले पेनाल्टी गुमाउँदा आइसल्यान्डसँग १–१ को बराबरीमा चित्त बुझाउनुप¥यो । नव प्रवेशी आइसल्यान्डसँगको बराबरीले अर्जेन्टिनाको अघिल्लो चरण प्रवेश पुग्ने बाटो साँघुरो बन्यो । अब त्यसलाई फराकिलो बनाउनका लागि मेसीको टोलीले बिहीबार क्रोएसियालाई हराउनु पर्नेछ । ‘आइसल्यान्डविरुद्धको खेलमा भएका कमजोरी सुधार्नु आवश्यक छ । तर हामी त्यसमै अल्झेर बस्नु हुँदैन,’ अर्जेन्टिनाका रक्षक ग्याब्रियल मेर्काडोले भने, ‘हामीले त्यसबाट माथि उठेर क्रोएसियाविरुद्धको अर्को खेल जित्नुपर्छ ।’

क्रोएसियाले नाइजेरियालाई २–० को नतिजामा हराउँदै तीन अंक जोडेको छ । त्यसैले निज्ने नोभगोरोडमा हुने अर्जेन्टिनाविरुद्धको खेलमा क्रोएसिया तुलनात्मक रूपमा कम दबाबमा हुनेछ । अर्जेन्टिनाको प्रशिक्षण सम्हालेपछि जर्ज साम्पोलीले एउटा खेलमा उतारेको पहिलो रोजाइलाई अर्को खेलमा दोहोर्याएका छैनन् । पुनः एक पटक उनले बोका जुनियर्सका फरवार्ड क्रिस्टियन पाभोनलाई मेसीसँगै आक्रमणको जिम्मेवारी दिन सक्छन् ।

सुन्दा अपत्यारिलो लाग्छ सक्छ । तर अर्जेन्टिनाले २५ वर्ष अघि १९९३ मा कोपा अमेरिकाको उपाधि जितेपछि ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन । दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाले चार वर्ष अघि ब्राजिलमा सम्पन्न विश्वकपको फाइनल खेलेको थियो । थपिएको समयमा जर्मनीसँग १–० ले पराजित भएको अर्जेन्टिनाले २०१५ र २०१६ को फाइनलमा चिलीलाई नतिजा सुम्पिएको थियो । ३ वटा फाइनलमा अभागी बनेका मेसी अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय उपाधि दिलाउने अवसरबाट चुकेका थिए । आजको खेलमा उनले कस्तो चमत्कार गर्लान् वा प्रशंसकलाई निराश बनाउलान् त्यो भने हेर्न बाँकी नै छ ।
नागरिकबाट

Logo