काठमाडौं

इजिप्ट विरुद्धको खेलमा शुक्रबार १–० को जित हात पार्दै प्रतियोगितामा विजयी सुरुआत गरे पनि उरुग्वेका प्रशिक्षक ओस्कार टाबारेजको रणनीति पूर्ण रूपमा सफल भएन । "/>

विश्वकप विशेष : लय समाउन प्रतिबद्ध उरुग्वे

विश्वकप विशेष : लय समाउन प्रतिबद्ध उरुग्वे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

इजिप्ट विरुद्धको खेलमा शुक्रबार १–० को जित हात पार्दै प्रतियोगितामा विजयी सुरुआत गरे पनि उरुग्वेका प्रशिक्षक ओस्कार टाबारेजको रणनीति पूर्ण रूपमा सफल भएन ।

आक्रामक रणनीति लिएको टाबारेजको टोलीले पूरा समय बल नियन्त्रणमा लिँदै इजिप्टको पोस्टमा १३ पटक धावा बोले पनि जितका लागि अन्तिम समय सम्म कुर्नु पर्यो । खेल सकिन एक मिनेट बाँकी हुँदा जोसियो मारिया जेमिनेजले गोल गरेपछि मात्र उरुग्वे कठिन ३ अंकको लायक भएको थियो । विश्वकपमा त्यो उरुग्वेको ४८ वर्षपछिको पहिलो जित थियो । समूह ‘ए’ मा आयोजक रूस र एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियाको समेत उपस्थिति रहँदा उरुग्वे त्यो विजयी सुरुआतलाई निरन्तरता दिने अभियानमा हुनेछ ।

बुधबार समूहको दोस्रो खेलमा साउदी अरेबियासँग खेल्दा सहज जितका साथ अन्तिम १६ मा स्थान सुरक्षित गर्नु मात्र उरुग्वेको लक्ष्य हुने छैन । टाबारेजको टोली प्रतियोगितामा कमजोर देखिएको साउदीसँगको खेललाई आगामी खेलहरूका लागि अभ्यासको रूपमा पनि उपयोग गर्न चाहन्छ ।

पहिलो खेलमा राम्रो प्रदर्शनका बावजुद स्टार स्ट्राइकरद्वय लुइस स्वारेज र एडिन्सन काभानीले गोलमा नाम लेखाउन सकेका थिएनन् । यस क्रममा स्वारेजले तीन पटक गोलको सुवर्ण अवसर गुमाएका थिए । तर बुधबार साउदी विरुद्ध मैदान उत्रिँदै उरुग्वेका लागि १ सयौं खेलको कोसेढुंगो छुँदा स्वारेज गोलका साथ त्यसलाई थप स्मरणीय बनाउन चाहन्छन् । ९९ खेलमा स्वारेजले हाल सम्म ५१ गोल गरेका छन् ।
नागरिकबाट

Logo