काठमाडौँ

आयोजक रसिया विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ । बुधबार बिहान सम्पन्न समूह ए को आफ्नो दोस्रो खेलमा रसियाले इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । "/>

इजिप्टलाई ३-१ गोल अन्तरले हराउँदै रसिया विश्वकपको अन्तिम १६ मा

इजिप्टलाई ३-१ गोल अन्तरले हराउँदै रसिया विश्वकपको अन्तिम १६ मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

आयोजक रसिया विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ । बुधबार बिहान सम्पन्न समूह ए को आफ्नो दोस्रो खेलमा रसियाले इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । विश्वकपको उद्घाटन खेलमा साउदी अरबलाई ५–० को फरक अन्तरले हराएको रसियाले बलियो मानिएको इजिप्टलाई पनि सेन्ट पिटर्सबर्ग स्टेडियममा सजिलै हराउँदै अन्तिम १६ को स्थान पक्का गरेको हो ।

रियल मड्रिडविरुद्ध च्याम्पियन्स लिगको फाइनलका क्रममा घाइते भएर मैदान बाहिर रहेका प्रमुख स्ट्राइकर मोहम्मद सलाले पुनरागमन गरेको खेलमा रसिया नै हाबी भएको हो ।
पहिलो हाफ गोलरहित बराबरी रहेको अवस्थामा रसियाका लागि दोस्रो हाफको सुरुमै इजिप्टका अहमेद फाथीले आत्मघाती गोल उपहार दिए ।

अग्रता बनाएपछि रसियाले खेलमा दबाब बढायो । उसका लागि खेलको ५९ औँ मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै अग्रता २–० मा पुर्याउन सफल भए । इजिप्ट विरुद्ध रसियाले ४८ वर्षपछि यो जित दर्ता गराएको हो । दोस्रो गोल गरेको ३ मिनेट भित्रै रसियाका लागि एर्टेम ज्युबाले गोल गरेपछि रसिया ३–० ले अघि बढ्यो । ३ गोलको अग्रतासँगै रसियाले खेलमा पकड बनाएका बेला ७३ औँ मिनेटमा इजिप्टले पेनाल्टी पायो ।

पेनाल्टीलाई प्रहार गर्दै सलाहले इजिप्टलाई खेलमा फर्काउने प्रयास गरे । तर रसियाले २ गोलको अग्रता बनाइसकेकाले इजिप्ट खेलमा फर्किनै सकेन । विश्व कपमा रुसको टिमले सन् १९७० मा (तत्कालीन सोभियत संघ) लाई हराए यता दोस्रो पटक इजिप्टलाई हराएको हो ।

Logo