काठमाडौँ

कोलम्बिया र जापान मंगलबार आमनेसामने हुँदा उक्त भेटले पुनः एक पटक ४ वर्ष अघि ब्राजिल विश्वकपमा भएको खेलको झल्को दिनेछ । "/>

विश्वकप विशेष : कोलम्बियासँग ४ वर्ष अघिको बदलाको लक्ष्यमा जापान

विश्वकप विशेष : कोलम्बियासँग ४ वर्ष अघिको बदलाको लक्ष्यमा जापान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

कोलम्बिया र जापान मंगलबार आमनेसामने हुँदा उक्त भेटले पुनः एक पटक ४ वर्ष अघि ब्राजिल विश्वकपमा भएको खेलको झल्को दिनेछ । समूहचरणको अन्तिम खेलमा कोलम्बियाले जापानलाई ४–१ ले पराजित गरेको थियो ।

४ वर्ष अघि क्वार्टरफाइनल सम्मको यात्रा पक्का गरेको कोलम्बियाका लागि स्ट्राइकर राडामेल फाल्काओ पूर्ण रूपमा फिट हुँदै टोलीमा फर्कनु सुखद पक्ष हो । कोलम्बिया ब्राजिल विश्वकपमा देखाएको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै उक्त सफलतालाई थप अघि बढाउने लक्ष्यमा हुनेछ । कोलम्बिया र पोल्यान्डलाई अघिल्लो चरण प्रवेशको बलियो दाबेदार मानिएको समूह ‘एच’ मा जापान र सेनेगल अन्य दुई टोली हुन् ।

‘जापान सहज प्रतिद्वन्द्वी भए पनि हामीले सम्हालिएको प्रदर्शन गर्न आवश्यक छ,’ कोलम्बियाका मिडफिल्डर एबेल एग्युलारले भने, ‘हाम्रो टोली उत्कृष्ट छ र सबै खेलाडी क्षमतावान छन् तर हामीले सतर्क भएर खेल्न आवश्यक छ । हामी सुखद नतिजाका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छौं ।’ ब्राजिल विश्वकपमा आमनेसामने हुँदा दुवै टोलीमा रहेका अधिकांश खेलाडी अहिले पनि टोलीमा छन् । ह्यामेस रोड्रिग्वेज जापानी रक्षापंक्तिका लागि सबैभन्दा खतरनाक खेलाडी बन्न सक्छन् । तर पिडुँलाको चोटका कारण उनी खेल्ने वा नखेल्ने भन्नेमा अझै दुबिधा छ । ब्राजिलमा उनले प्रतियोगिताको पाँच खेलमा ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

यता लगातार छैटौं पटक विश्वकपमा स्थान पक्का गरेको जापान ४ वर्ष अघि भोगेको हारको बदलाका साथ प्रतियोगितामा गतिलो सुरुआत गर्न चाहन्छ । ‘वर्तमान टोलीमा पहिलाको तुलनामा धेरै अनुभवी खेलाडी छन्,’ सन् २०१० र २०१४ को विश्वकपमा पनि जापानको पोस्ट सम्हालेका गोलकिपर इजी कावासिमाले भने, ‘टोलीका अधिकांश खेलाडीको यो तेस्रो विश्वकप सहभागिता हो । टोलीमा अनुभवी र युवा खेलाडीको सन्तुलनमा हामी विश्वकप यात्रा सुखद बनाउनेमा विश्वस्त छौं ।’

जापानको खेल

समूह ‘एच’

जुन १९ः कोलम्बिया विरुद्ध

जुन २४ः सेनेगल विरुद्ध

जुन २८ः पोल्यान्ड विरुद्ध

जापान

विश्वकप सहभागिता : छैटौंपटक

उपाधिः छैन

फिफा वरीयता : ६०

नागरिकबाट

Logo