ज्ञानमणि नेपाल कालोटोपी

काठमाडौं

२१ औं संस्करणको रसियामा जारी विश्वकपको आज छैटौं दिन हो । "/>

विश्वकप विशेषः २१ औं संस्करणको विश्वकपमा आज सम्म कति खेल भए, कसले कति गोल गरे ?

विश्वकप विशेषः २१ औं संस्करणको विश्वकपमा आज सम्म कति खेल भए, कसले कति गोल गरे ?

केन्द्रबिन्दु
0
Shares

ज्ञानमणि नेपाल कालोटोपी

काठमाडौं

२१ औं संस्करणको रसियामा जारी विश्वकपको आज छैटौं दिन हो । हाल सम्म भएका खेलहरु मध्ये सबै भन्दा धेरै गोल रसियाले उद्घाटन खेलमा साउदी अरेवियालाई गरेको थियो । यस खेलमा रसियाले ५ गोल गर्दा साउदी अरेवियाले कुनै गोल गर्न सकेन । त्यस यता भएका धेरैजसो खेलमा अपेक्षा गरे भन्दा फरक नतिजाहरु आएका छन् । इजिप्ट र उरुग्वे वीच भएको खेलमा उरुग्वे १/० ले विजयी भयो भने मोरक्को र इरान वीच भएको खेलमा इरानले आत्मघाती गोलको उपहारसँगै १/० गोल अन्तरमा जित हात पार्यो ।

यता पोर्चुगल र स्पेन वीचको खेल ३/३ गोलको रोचक मोडमा पुगेपछि बराबरीमा सकियो भने फ्रान्सले अष्ट्रेलियालाई २/१ गोल अन्तरले हरायो । यसैगरि अर्जेन्टिना र आइस्ल्याण्ड वीचको खेल १/ १ गोलको बराबरीमा सकियो । पेरु र डेनमार्क वीचको खेल गोलरहित बराबरी भयो । क्रोएसिया र नाइजेरिया वीचको खेलमा क्रोएसिया २/० गोल अन्तरले विजयी भयो ।

कोस्टारिका र सर्विया वीचको खेलमा सर्विया १/० गोल अन्तरले विजयी भएको थियो । जर्मन र मेक्सिको वीचको खेलमा जर्मन १/० गोल अन्तरमा पराजित भयो । ब्राजिल र स्वीजरल्याण्ड वीचको खेल १/१ गोलको बराबरीमा सकियो । यता सोमबार भएको खेलमा स्विडेनद्वारा दक्षिण कोरिया १/ ० ले पराजित भयो । त्यस्तै बेल्जियम र पानामा वीचको खेलमा उत्कृष्ठ प्रर्दशन गर्दै बेल्जियमले ३/० गोलले पानामालाई पराजित गरेको छ । तेस्रो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २ / १ गोल अन्तरमा पराजित गर्यो । विश्वकपको छैटौं दिन आज ३ खेल हुँदैछन् । नेपाली समय अनुसार ५ः४५ मा कोलम्विया र जापान , ८ः४५ मा पोल्याण्ड र सेनेगल तथा ११ः४५ मा रुस र इजिप्ट वीच खेल हुनेछ ।

यसपटकको खेलमा विश्वकपका दाबेदार मानिएका टिमहरु मध्ये जर्मन पराजित भएको छ भने अर्जेन्टिना, ब्राजिल, पोर्चुगल र स्पेन बराबरीमा रोकिएका छन् । पहिलो पटक सहभागी आइस्ल्याण्डले राम्रो प्रर्दशन गर्दै अर्जेन्टिनालाई चुनौती दिएको छ । मेसि, नेयमार जस्ता अपेक्षा गरिएका खेलाडीहरुले राम्रो प्रर्दशन गर्न भने सकेनन् तर क्रिस्टियानो रोनाल्डोले भने विश्वकपको इतिहासमै ५१ औं ह्याट्रिक गरेर आफ्नो चामत्कारीक खेल प्रर्दशन गरे । आगामी खेलहरु कस्ता होलान् त्यो भने हेर्न बाँकी नै छ ।

Logo