विश्वकप विशेष : बेल्जियम ३ – ० गोल अन्तरले विजयी

विश्वकप विशेष : बेल्जियम ३ – ० गोल अन्तरले विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बेल्जियमले विश्वकप फुटबलमा सुखद शुरुवात गरेको छ । पहिलो पटक विश्वकप खेलिरहेको पानामालार्इ एकतर्फी खेलमा तीन शून्य गोलले पराजित गर्दै बेल्जियमले समुह जी मा ३ अंक बटुलेको हो । बेल्जियमको जितमा स्ट्राइकर रोमेलु लुकाकु नायक बने । उनले दुर्इ गोल गरेका थिए ।

गोलरहित बराबरीमा टुङगिएको पहिलो हाफमा बेल्जियमले गोल गर्ने आधा दर्जन मौकाको सदुपयोग गर्न सकेको थिएन । त्यसो त पहिलो हाफमा पानामाले पनि बेल्जियमको डिफेन्सलार्इ तोड्ने केही प्रयास गरेको थियो ।

तर दोस्रो हाफमा बेल्जियमका स्टार खेलाडीहरुका अघि नवप्रवेशि पानामा निरीह बन्यो । खेलको ४७ औं मिनेटमा ड्राइस मर्टेन्सले भली मार्फत दर्शनिय गोल गर्दै टोलीको खाता खोलेका थिए । खेलको ६८ औं मिनेटमा रोमेलु लुकाकुले बेल्जियमको अग्रता दोब्बर पारे । लुकालुले केभिन डी ब्रुएनको पासको सदुपयोग गरेका थिए । खेलको ७५ औं मिनेटमा लुकाकुले नै बेल्जियमको अग्रता तेब्बर पारे । यसपटक उनले इडेन हजार्डको पासको सदुपयोग गरेका थिए ।

विश्वकपमा फुटबलमा डेब्यू गरेको पानामाले पहिलो हाफमा प्रशंसायोग्य प्रदर्शन गरेपनि दोस्रो हाफमा त्यसलाइ निरन्तरता दिन सकेन । विश्वकपमा बेल्जियमलार्इ उपाधी जित्न सक्ने बलियो दावेदारका रुपमा हेरिएको छ र उसले आज सोही अनुरुपको खेल पस्कदै आफ्ना समर्थकलाइ खुशि बनाएको छ ।

 

 

Logo