कुनै जमानाकी टेनिसकी सुन्दरी खेलाडी एन्ना कोर्निकोभा दम्पतिलाई बिश्वकपको नशा चढेको छ । रसियन मुलकी टेनिस खेलाडी एन्ना कोर्निकोभाले स्पेनिश गायक इन्रिक इग्लेसियाससंग विवाह गरेपछि आफुलाई टेनिस खेलवाट अलग राखेकी थिईन् । "/>

एन्ना कोर्निकोभा दम्पतिलाई बिश्वकप लाग्यो

एन्ना कोर्निकोभा दम्पतिलाई बिश्वकप लाग्यो

केन्द्रबिन्दु
0
Shares

कुनै जमानाकी टेनिसकी सुन्दरी खेलाडी एन्ना कोर्निकोभा दम्पतिलाई बिश्वकपको नशा चढेको छ । रसियन मुलकी टेनिस खेलाडी एन्ना कोर्निकोभाले स्पेनिश गायक इन्रिक इग्लेसियाससंग विवाह गरेपछि आफुलाई टेनिस खेलवाट अलग राखेकी थिईन् ।

गत डिसेम्बर महिनामा जुम्ल्याहा बच्चाकी आमा बनेकी एन्नाले अहिले बिश्वकप घरमै बसेर हेरिरहेकी छिन् । सम्भवत उनी रसियन मुलकी भएको कारण उनी रसियाको समर्थनमा छिन् भने उनका पति स्पेनिश भएका कारण स्पेनिश टिमको रहेका छन् ।

यस्तो अवस्था आएपछि एन्नाले एउटा बच्चालाई रसिया बिश्वकप झल्कने बल बोक्न लगाएर खिचेको फोटोलाई सोसल मिडियावाट सेयर गरेकी छिन् भने इन्रिकले अर्को बच्चालाई काँधमा बोकेर राखेको फोटोलाई सेयर गरेका छन् ।

जसमा इन्रिकको ढाडमा स्पेनिश टिमको ब्ल्यांकेट लगाएका छन् । दुबैको पृष्ठभुमिमा टेलिभिजन पनि देखिन्छ । जसमा रसिया र साउदी अरेबियाको खेल भैरहेको देखिन्छ ।

Logo