काठमाडौं

विश्वकप समुह चरणको आज पाँचौं दिन हो । आजको खेल स्वीडेन र दक्षिण कोरिया , बेल्जियम र पानामा तथा ट्युनेसिया र वेलायतका वीच खेल हुनेछ । "/>

विश्वकप विशेष : आज स्वीडेन र दक्षिण कोरिया भिड्दै

विश्वकप विशेष : आज स्वीडेन र दक्षिण कोरिया भिड्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप समुह चरणको आज पाँचौं दिन हो । आजको खेल स्वीडेन र दक्षिण कोरिया , बेल्जियम र पानामा तथा ट्युनेसिया र वेलायतका वीच खेल हुनेछ । नेपाली समय अनुसार साँझ ५ः४५ मा स्वीडेन र दक्षिण कोरिया, ८ः४५ मा बेल्जियम र पानामा तथा ११ः४५ मा ट्युनेसिया र वेलायत एक आपसमा भिड्दैछन् ।

सन् २००२ मा घरेलु मैदानमा सम्पन्न विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको दक्षिण कोरिया सन् २००६ को जर्मनी विश्वकपमा भने समूहचरणबाटै बाहिरिएको थियो । त्यस्तै सन् २०१० मा अन्तिम १६ सम्मको यात्रा पक्का गरेको एसियाली टोली सन् २०१४ को विश्वकपमा भने जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको थियो । ब्राजिल विश्वकपमा भोगेको लज्जास्पद हारपछि दक्षिण कोरियाली समर्थकले इन्चोन अन्तर्राष्ट्रिय विमानस्थनलमा खेलाडीमाथि चक्लेट प्रहार गरेका थिए। 

आइतबार भएको खेलमा सर्विया र मेक्सिको विजयी भएका थिए भने ब्राजिल र स्वीजरल्याण्डको खेल १/१ गोलको बराबरीमा सकिएको थियो । आजको नतिजाका लागि खेलको प्रतिक्षा गर्नै पर्ने हुन्छ ।

Logo