आईसल्याण्डका सबै खेलाडीको पछाडी किन सन होला

आईसल्याण्डका सबै खेलाडीको पछाडी किन सन होला

केन्द्रबिन्दु
0
Shares

सन् २०१६ को यूरो फुटबल प्रतियोगिता देखिनै सबैको चासो हुने टिमको रुपमा रहेको आइसल्याण्डले रसिया बिश्वकपमा पनि कौतुहलता पैदा गरिरहेको छ ।

बिश्वकपको दाबेदार टिमको रुपमा रहेको अर्जेन्टिनालाई १–१ गोलको बराबरीमा रोकेपछि आइसल्याण्डले बिश्वकपको छनोट फ्ल्युकको रुपमा नभएको कुरालाई पून: पुष्टि गरेको छ । अहिले बिश्वकप प्रति नजर दौडाई रहेका फुटबल प्रेमिहरुलाई आइसल्याण्ड टिमका खेलाडीहरु प्रति थप कौतुहलता पैदा भैरहेको छ । यदी तपाईहरुले अर्जेन्टिनाबिरुद्धको खेल हेर्नु भयो भने कमेन्टेटरले आइसल्याण्डका खेलाडीहरुको नाम एरोन गुनारसन, ह्यानिस थोर हल्डरसन, जोन डाडी बोड्भारसन, अल्बर्ट गुड्मुन्डसन आदी बताईरहेका थिए ।

तपाईले आईसल्याण्डका खेलाडीको नाम उच्चारण गर्दा एउटा शब्द लगातार आईरहेको थाहा पाउनु भयो । आइसल्याण्डका एक जना गोलकिपर खेलाडी फ्रेडिरिक श्रेयम बाहेक सबै खेलाडीको थरको पछाडी जोडिएर सन आएको छ ।

आइसल्याण्डमा मानिसहरुको नाम आफ्नो बाबुको नामलाई थरको रुपमा जोडेर राख्ने गरिन्छ । उक्त नाममा छोरा भए सन र छोरी भए डोटिर राखिन्छ । जस्तो ओडिनले आफ्नो छोराको नाम थोर राखे भने उसको नाम थोर ओडिनसन हुन्छ । अब थोरको छोराको नाम मेग्नी राखियो भने तपाईलाई मेग्नी ओडिसन हुन्छ जस्तो लाग्यो होला । तर होईन मेग्नीको बाबुको नाम त थोर थियो त्यसैले उसको नाम मेग्नी थोरसन हुन्छ ।

यही कारणले आइसल्याण्डका गोलकिपर फ्रेडिरिक श्रेयम बाहेक सबै खेलाडीको नामको अन्तमा बुबाको नामसंगै सन रहेको हो । फ्रेडिरिक श्रेयमको चाहि किन रहेन भन्ने तपाईलाई लाग्यो होला उनको बुबा डेनिस भएको कारण उनको नामको पछाडी सन हुन नसकेको हो ।

Logo